थनेतलाई सरकारले सहिद घोषणा,आज सवयात्रा हुँदै
चितवन,जेठ २६- थारु समुदायको आन्दोलनका क्रममा गोली लागेर निधन भएका नवलपरासी गोछडाका धनबहादुर थनेतलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ। बिहीबार मन्त्री परिषदको बैठकले सो निर्णय गरेपछि आदिवासी संगठनले संचालन गरेको बन्द र आन्दोलनका कार्यक्रम फिर्ता भएको छ। थनेतको शुक्रबार अन्तिम संस्कार हुने भएको छ।
डण्डाबजारको थारु संग्राहालयमा तोडफोड भएपछि त्यसको विरोधमा प्रदर्शन गर्न निस्केका थारु समुदायका व्यक्ती र प्रहरीबीच झडप भएको थियो। सो झडपमा प्रहरीले चलाएको गोली लागेर कुमारवर्ती गाविस वडा नं. ७ गोछडाका धनबहादुर थनेत गम्भिर घाइते भएका थिए। थनेतको उपचारको क्रममा मंगलबार राती काठमाडौंमा निधन भएको थियो। उनलाई सहिद घोषणा गर्नु पर्ने माग राखेर नेपाल आदिवासी जनजाती महासंघ र थरुहट संयुक्त संघर्ष समितिले आन्दोन गरेको थियो।'मन्त्री परिषदको बैठकले सहिद घोषणा गरेपछि संयुक्त संघर्ष समितिले गरेको बन्द आह्वान फिर्ता भएको छ |सहिद घोषणा नगर्दासम्म थनेतको शब नै नउठाउने उनीहरुको घोषणा थियो। सरकारको निर्णयपछि शुक्रबार बिहान शब बुझ्ने र दिउँसो डण्डा बजारमा श्रद्धाञ्जली सभागरी अंतिम संस्कार पनि आजै गरिनेछ ।
समाचार नागरिक न्यूज बाट
