|

काठमाडौंमा फेरि गोली चल्यो,एक विद्यार्थी नेता घाइते

काठमाडौं, जेठ २६ - अनेरास्वियुका नेता बसन्त शाहीमाथि उनकै घरबाहिर गोली प्रहार भएको छ। अमृत साइन्स कलेजका विद्यार्थी नेता शाहीमाथि उनकै घर नयाँ बजार अगाडि गोली प्रहार भएको हो। घाइते शाहीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ भने गोली कसले हान्यो खुलेको छैन। 


प्रहरीले कलेजको आन्तरिक द्वन्द्वका कारण गोली प्रहार भएको हुनसक्ने जनाएको छ। डिएसपी धिरजप्रताप सिंहले 'आन्तरिक विवाद भएको देखिन्छ तर गोली कसले प्रहार गर्‍यो खुल्न सकेको छैन,' भने। 

एक साता अघिमात्रै सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या गरिएको थियो। बमको हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्रन सकेको छैन । 
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 9:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काठमाडौंमा फेरि गोली चल्यो,एक विद्यार्थी नेता घाइते"

Leave a reply