सिक्किमको पहिरोमा परी सात जना नेपाली भाषीको मृत्यु
काठमाण्डौं,जेठ
२६-भारतको सिक्किममा गएको पहिरोमा परी सात जना नेपाली भाषीको मृत्यु भएको छ । सिक्किमको नाथाङ-माओङ क्षेत्रमा गएको पहिरोमा परी एकै परिवारका तीन सहित सात जनाको मृत्युभएको बताईएको छ ।
बिहीबार रातीदेखि परेको अविरल बषर्ाका कारण उक्त गाउँका आठ घर बगाएको थियो । मृत्युहुनेहरुमा दिलमान, मणिमाया र टिका राई एकैपरिवारका हुन भने । स्थानिय महेन्द्र राई, नेहाल राई, चन्द्रकुमारी राई र मोहन राई रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।गत बर्ष पनि सिक्किममा गएको पहिरोमा परी १३ जना नेपालीभाषीको मृत्यु भएको थियो ।
समाचार ऑनलाइन खबर बाट
