|

प्रेश बिज्ञप्ति:


प्रेश बिज्ञप्ति

बागेश्वरी असल शासन क्लब (बास)द्धारा सञ्चालित जनगुनासो निवारक संयन्त्र कार्य सिकाई परियोजनाको पहलमा नेपालगञ्ज नगरपालिकाले गुनासो सुनुवाईका लागि औपचारिकता दिए पछि नागरिकहरु सो संयन्त्र मार्फत गुनासो गर्न थालेका छन् ।

नगरपालिकाले जसका लागि गुनासो सुन्ने अधिकारीका रुपमा प्रशासकिय अधिकृत मोहन हमाललाई तोक्नुका साथै गुनासो दर्ता गर्नका लागि नगरपालिकाको मुल दर्ता काउन्टरलाई तोकेकोछ । लिखित रुपमा आएका गुनासोहरु दर्ता गर्न र अभिलेखिकरण गर्नका लागि दुई जना अन्य कर्मचारी तोकिएको छ । जसमा उषा राणा र धन पाण्डे रहेका छन् । नागरिकहरुको गुनासो टेलिफोन मार्फत सुनुवाई गर्नका लागि नगरपालिकाले ०८१ ५२०१५१ नम्बरलाई सार्वजनिक गरेको छ भने एसएमएस मार्फत गुनासो गर्नका लागि ९८४८०७०७०२ नम्बरको मोबाईल नम्बर तोकिएको छ ।

यसरी बिभिन्न माध्यमबाट आएका गुनासाहरुलाई व्यबस्थित तरिकाले व्यबस्थापन गर्ने उद्धेश्यले २०६९ बैशाख २० गते देखि लागु गरेको सो संयन्त्र अन्र्तगत ६८ जना स्थानीयले गुनासो गरेका छन् । यसरी गुनासो गर्नेमा ३४ जना पुरुष र २५ जना महिला रहेका छन् । उनीहरु मध्ये ९ जनाले एस.एम.एस. र ५९ जनाले निबेदन मार्फत गुनासो गरेका छन् । गुनासो गर्नेमा वडानम्बर १ का २ जना, वडानम्बरका ५ का १५ जना, वडानम्बर ७ का १० जना, वडानम्बर ११ का ४ जना, वडानम्बर ११ का ४ जना, वडानम्बर १२ का १९ जना, वडानम्बर १३ का १२ जना र वडानम्बर १६ का २ जना रहेका छन् ।

उनीहरु मध्ये १६ जनाले नाली सरसफाईका लागि, २ जनाले छाडा चौपाय सम्बन्धि, १ जनाले मासु पसल सम्बन्धि, २० जनाले माटो निर्माण सम्बन्धि, ४ जनाले बधशाला व्यवस्थापनका सम्बन्धि, १ जनाले जेष्ठ नागरिक सम्बन्धि, १० जनाले ढल निकाश सम्बन्धि, १ जनाले खुल्ला दिशा, पिशाब सम्बन्धि, १० जनाले बत्ति सम्बन्धि, १ जनाले सार्बजनिक शौचालय सम्बन्धि, १ जनाले महेन्द्रपार्क व्यवस्थापन सम्बन्धि, १ जनाले क्षतिपूर्ति सम्बन्धि, १ जनाले पुल निर्माण सम्बन्धि, १ जनाले रानी तलाउ निर्माण सम्बन्धि, १ जनाले मसानघाट सम्बन्धि, १ जनाले लामखुट्टे नियन्त्रण सम्बन्धि, १ जनाले सरसफाई सम्बन्धि, १ जनाले रिंग सम्बन्धि, १ जनाले प्रहरी बिट सम्बन्धि, १ जनाले बढ्दो प्रदुषण सम्बन्धि, २ जनाले सडक निर्माण सम्बन्धि र २ जनाले धारा निर्माण सम्बन्धि गुनासो गरेका थिए ।

यसरी गरेका गुनासाहरु मध्ये केही गुनासाहरु नगरपालिकाले समाधान गरिसकेकोछ भने अन्य गुनासाहरु समाधानका लागि पहल भईरहेको नगरपालिकाले जनाएकोछ ।समाधान भएका गुनासाहरु मध्ये बत्ति बल्बहरु जडान गर्ने काम शुरु भएको, महेन्द्र पार्क व्यवस्थापनका लागि आएको गुनासो अन्र्तगत महेन्द्रपार्क सुदृढिकरणका लागि कार्यक्रम संचालन गर्न उपभोक्ता समिति गठन गरेको, सो को लागि ८ लाख निकाशा भएको जानकारी गराएको, रानीतलाउ र समसानघाटको बाटो सम्बन्धि आएको गुनासोलाई मध्ये नजर गर्दै रानी तलाउ देखि एम.पि. स्कुल सम्मको बाटोका लागि टेण्डर प्रकृया पुरा भई सम्झौता प्रकृयामा रहेको, वडानम्बर ११ को नाला सम्बन्धि आएको गुनासोलाई मध्येनजर गर्दै सो ठाउामा बाटो निर्माण शुरु गरेको जिबिसलाई पत्राचार गरेको, बसपार्क देखि पुरानो डि.एस.पि. रोड सम्मको बाटोको लागि परेको गुनासो अन्र्तगत सो बाटोमा ग्राबेलिंग गर्नका लागि आगामी योजनामा राखिएको, सडक अतिक्रमण सम्बन्धि आएको गुनासोको बारेमा अतिक्रमण हटाउने काम शुरु गरेको, रानी तलाउ व्यवस्थापन सम्बन्धि आएको गुनासोमा आगामी आ.ब. देखि कार्यक्रम संचालन गर्ने गरि शहरी बिकास तथा भवन निर्माण बिभागमा प्रश्ताब पठाएको, वडानम्बर १३ को सितल नगरको ढल निकाशका लागि आएको गुनासो बमोजिम साढे चार लाख बराबरको योजना बमोजिम ह्युम पाईप हालेरकाम शुरु गरेको, ब्राईटल्याण्ड स्कुल बगलबाट नाला सफाई शुरु गरेको, सोही टोलको पिच सम्बनिध आएको गुनासो बमोजिम महाकाली मिल देखि पशुपतिमार्ग सम्मको सडक पिचका लागि सम्झौता प्रकृया अगाडी बढेको, बिभिन्न गुनासाहरु बमोजिम ढल सरसफाईका लागि काम शुरु भएको, छाडा चौपाय व्यवस्थापन सम्बन्धि आएको गुनासोलाई मनन गर्दै जेष्ठ २ गते १५ वटा गाई, बाच्छा, बाच्छि उठाई काञ्जि हाउसमा लगेको पाईएकोछ । यो संयन्त्रलाई सहि ढंगले उपयोग भएमा नगरपालिका प्रतिको गुनासुो वा आक्रोश कम हुने निश्चित छ ।  

नमस्कार शाह
कार्यक्रम संयोजक, पिजिआरएस, बास
२०६९ जेष्ठ २५ गते 

Posted by Butwalonline on 9:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेश बिज्ञप्ति:"

Leave a reply