माघेसक्रान्तिको अवसरमा बिपन्न र अनाथ बालबालिकालाई खिचडी तथा लत्ता कपडा वितरण
बिनोद परियार बुटवल,माघ १ -माघेसक्रान्तिको अवसरमा श्री साईबाबा चेरी टेवल ट्रष्ट बु्टवल ५ को आयोजनमा सत्यसाई विद्यापिठ देवदह–३ खैरेनी सितलनगरको शिवालय टोलका विद्यार्थीहरु तथा बिपन्न र अनाथ बालबालिकाह्रुलाई खिचडी खुवाउने काय्र्रक्रम तथा लत्ता कपडा वितरण गरिएको छ । सस्थाका संस्थापक अध्यक्ष मिन कुमार श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सतिरचन्द्र कौसधनको विशिष्ठ आतिथ्यता रहेको थियो ।
संस्थाका अध्यक्ष पवित्रा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साईवावा विद्या पिठका प्रमुख संरक्षक अरुण मल्लले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शिवालय बन उपभोक्ता समितिका अध्यक्ष खेमनारायण अधिकारी, विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल बस्याल, गुमान सिंह श्रेष्ठ, जितकुमार श्रेष्ठ, संस्थाका कोषाध्यक्ष मनोज मित्तल, महासचिव सकुन्तला टण्डन,विनोद हिरावल, लगायतले मन्तव्य राखेका थिए । करिव २५० जनालाई मिठाई, विस्कुट तथा खिचडी खुवाइएको थियो । ट्रष्टका सदस्य सजना मित्तले व्याक्तिगत रुपमा १७ वटा सिरक वितरण गर्नुभएको थियो ।
