जातीय थर अन्यत्य अभियान सञ्चालन
बुटवल,माघ १ -मानव जागरण अभियान–नेपालले विद्यामान जातीय संरचनाले मुलुकलाई विखण्डन तर्फ उन्मूख गराएको र नेपाली बीच द्धन्द्ध सृजना गरेको भन्दै जातबिहिन स्वतन्त्र व्यक्ति पनि नेपाली बन्न सक्ने बताउदै जातीय थर अन्यत्य अभियान सञ्चालन गरेको छ ।
अभियानको क्रममा आज बुटवलमा पनि कार्यक्रम गरी आफ्नो उदेश्यको बारेमा हस्ताक्षर संकलन गरेको हो । जातीय नाम थरले स्वतन्त्र रुपमा जन्मेको एक नागरिक हजारौ बर्ष सम्म त्यही जातमा रुमलिईरहन पर्ने भन्दै स्वतन्त्र हुन चाहने व्यक्तिलाई स्वतन्त्रताको लागि आफूहरुको अभियान सफल हुन बताएका छन् । उनीले नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा आफुहरुलेको अभियान जायज भएको भन्दै आफुहरुले ७५ वटै जिल्लाम कार्यक्रम गर्दै जाने बताएको छ । अभियान काठमाण्डौ पोखरा नेपालगञ्जमा सम्पन्न भएसकेको भन्दै बुटवलमा एक दिनको लागि गरिएको जर्ज एभरेष्टले बताउनुभयो । आफूहरुको अभियानको बारेमा प्रधानमन्त्री बाबुराम भट्टराई,पूर्व सभामुख सुवासचन्दै नेम्वाङले लगायत राजनैतिक दलका नेताहरुलाई पनि जानकारी गराएको बताउदै अभियान नेपालको लागि उपयुक्त रहेको उहाले बताउनुभयो ।
