राजनीतिक दलहरु मिल्नुको विकल्प छैन -राष्ट्रपति डा. यादव
रिडी,माघ १ -राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको बताउनुभएको छ । माघे सङ्क्रान्ति मेलामा चारधाम मध्येको एक रूरू क्षेत्रमा कालीगण्डकी स्नान गर्न आज गुल्मीको रिडी आउनुभएका राष्ट्रपति यादवले परिवर्तन संस्थागत गर्नका लागि दलहरु मिल्नुको विकल्प नरहेको बताउनुभएको हो ।
उहाँले त्यसका लागि निर्वाचनमा जानु जरुरी रहेकोसमेत बताउनुभएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रपति यादवले देशको सर्वोत्तम हितका लागि सबैसाग मिलेर निकास निकाल्न जरुरी रहेको बताउादै आफू त्यसैमा प्रतिबद्ध रहेको बताउनुभयो । हेलिकप्टरबाट १ बजे कालीगण्डकी किनारमा ओर्लिनुभएका राष्ट्रपति यादवले २००७ र २०४६ सालको परिवर्तन संस्थागत गर्न नसक्दा २०६२/०६३ को आन्दोलन आवश्यक परेको बताउनुभयो । त्यसैले २०६२/०६३ को परिवर्तन र उपलब्धिलाई जसरी पनि संस्थागत गर्नु जरुरी रहेको राष्ट्रपतिको भनाइ थियो । राष्ट्रपति यादवले कालीगण्डकी स्नान गरी श्रृषिकेश र रिडीमै निर्माण गरिएको देवदत्त पार्ककको समेत अवलोकन गर्नुभएको छ