|

क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले भोली बुटवलमा प्रदर्शन गर्ने

बुटवल,माघ १ - मुलुकमा हालसम्म राज्य तथा गैरराज्य पक्षबाट हत्या र बेपत्ता पारिएका पत्रकारहरुको अवस्था पत्ता लगाई दोषीलाई कारवाही गर्न दवाव स्वरुप क्रान्तिकारी पत्रकार संघ रुपन्देहीको आयोजनामा भोली बुटवलमा गरिने  प्रदर्शनको तयारी पुरा भएको छ ।प्रर्दशन बुटबलको मिलनचोकबाट शुरु भई मिडिया चोकमा पुगेर सभामा परिणत हुने जिल्ला अध्यक्ष रुद्रहरि कुवरले जानकारी दिनुभयो । दैलेखका पत्रकार डेकेन्द्र थापासहित कृष्णसेन इच्छुक, बेपत्ता पारिएका मिलन नेपाली लगायतका पत्रकारका परिवारलाई न्याय दिलाउन तत्काल पहल गरिनुपर्ने माग संघको रहेको छ ।

Posted by Butwalonline on 10:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले भोली बुटवलमा प्रदर्शन गर्ने"

Leave a reply