|

बृहत् थारु मोर्चा रुपन्देहीले जल, जङगल र जमिनको दोहन रोक्ने


बुटवल,असार ११ - बृहत् थारु मोर्चा रुपन्देहीले आफूले जल, जङगल र जमिनको दोहन रोक्ने बताएको छ । मोर्चाले थारु अगुवाहरुसंग अन्तक्रिर्या कार्यक्रममा यस्तो जानकारी गराएको हो । जल, जङगल र जमिनको दोहनले प्राकृतिक विपत्ति आउंने खतरा बढेकाले दोहन रोक्न लागेको जनाएको छ । भेलाले प्राकृतिक दोहन रोक्न प्रत्येक गाविसमा २५ र ३० जनाको समूहमा स्वमसेवक दस्ता गठन गर्ने निर्णय गरेको छ । भेलाले थारुको पहिचानका लागि निरन्तर सङघर्ष गर्ने निर्णय पनि गरेको मोर्चाका नेता सन्तराम चौधरीले जानकारी दिनुभयो ।

दस्ताले दिन र रातमा नदीमा निगरानी गरी त्यसमा संलग्नलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाउंने निर्णय समेत गरेको छ । भेलामा अधिवक्ता नरसिंह चौधरीले बृहत् थारु अगुवा जिल्ला भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै थारु समुदायको हितका लागि आदिवासी, जनजाति, थारु, मधेसी, मुसलमान, दलित किसान मजदुरलगायत हिमाल, पहाड तराईमा सबैको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय पार्टी गठन गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा थारु नेता कमलनारायण चौधरीले कार्यपत्र प्रस्तुत गर्दै थारुको पहिचान र अधिकारका लागि सम्पूर्ण थारु एक भई अगाडि बढ्नुपर्ने बताउंनुभयो ।

Posted by Butwalonline on 9:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बृहत् थारु मोर्चा रुपन्देहीले जल, जङगल र जमिनको दोहन रोक्ने"

Leave a reply