माइक्रो बस पल्टँदा १० जनाको घटनास्थलमै मृत्यु
डोटी, असार १२- डडेलधुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रो बस डोटीको छतिवन गाविस वडा नं. ९ रुवसकाडामा पल्टँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहान सवा ८ बजे महाकाली यातायातको से १ ख ५०२ नम्वरको हाइस बस सडकबाट डेढ सय मिटर तल खसेको हो।वुडर प्रहरी चौकीका असई दानसिंह भाटका अनुसार घाइते ५ जनालाई वुडरस्थित पद्मा अस्पतालमा पठाइएको छ।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ।
समाचार नागरिक न्यूज बाट
समाचार नागरिक न्यूज बाट
