अवैध रुपमा खोलाबाट बालुवा र गिट्टी निकाल्दै गरेको तीन वटा ट्याक्टर पक्राउ
कपिलवस्तु,असार ११ -कपिलवस्तुमा प्रहरीले अवैध रुपमा खोलाबाट बालुवा र गिट्टी निकाल्दै गरेको अवस्थामा तीन वटा ट्याक्टर र चालकलाई आज नियन्त्रणमा लिएको छ ।
पूर्वस्वीकृति नलिएर ट्याक्टरमा बालुवा र गिट्टी भर्दै गरेको अवस्थामा उनीहरुलाई खोलामा फेलापारेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।गस्तीमा खट्टिएको प्रहरी टोलीले बाणंगगा पुल नजिकबाट लु.१ त ६०५४, लु.१ त ६३७ र लु.१ त ८२६३ नम्वरको ट्याक्टर तथा चालकलाई पक्राउ गरेको हो । सो विषयमा अनुसन्धन शुरु गरिएको प्रहरी भनाई छ ।
