नेपाल तामाङ घेदुङ जिल्ला समिति,रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन–पत्र
रुपन्देही,असार ११ - नेपाल तामाङ घेदुङ जिल्ला समिति,रुपन्देहीले आज जिल्ला प्रशासन कार्यालय,रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ । घेदुङले जेष्ठ १४ गते संविधान सभाको विघटन पश्यात मुलुकमा उत्पन्न संकटको निकासका लागि चार सुत्रिय मागसहितको ज्ञापन–पत्र सहायक प्रमुख जिल्ला अधिकारी पिताम्बर भुसालमार्फत प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई बुझाएको सचिव कुमार तामाङले जानकारी दिनुभयो ।
घेदुङको केन्द्रीय कार्यक्रम अनुसार आज ज्ञापन–पत्र बुझाइएको सचिव तामाङले बताउंनु भयो ।संविधान सभाद्धारा नैं संविधान बनाउंन र जारी गर्नुपर्ने,राष्ट्रिय सर्वपक्षीय सहमतिका आधारमा निर्वाचन गर्नुपर्ने,जातीय पहिचानसहितको संघीयताको पक्षमा दलहरुबीच पूर्वसहमतिसहित अगाडि बढ्ने लिखित सहमति भए छोटो समय संविधान सभा पुर्नस्थापना गरि संविधान जारी गर्न र संविधान सभाभित्रबाटैं सहमति खोज्न सबैं दल,सरकार र राष्ट्रपतिलाई ज्ञापन –पत्रमार्फत अपिल गरिएको छ । असार १५ गतेभित्र पनि निकास नआए घेदुङ त्यसका विरुद्ध आन्दोलनको घोषणा गर्न वाध्य हुंने ज्ञापन–पत्रमा चेतावनी दिइएको छ ।घेदुङका केन्द्रीय सदस्य बीरमान लामा,जिल्ला अध्यक्ष बिरबहादुर लामा,उपाध्यक्ष बिरबहादुर गोङबा,सचिव कुमार तामाङ लगायत २० जनाको नेतृव्तको टोलीले ज्ञापन–पत्र बुझाएको हो ।
