|

पेस्तोल खेलाउने (डेमो गर्ने) क्रममा लाग्यो गोली विद्यार्थी नेतालाई

काठमाडौं,जेठ २६-अनेरास्ववियु अमृत साइन्स क्याम्पस इकाइका उपाध्यक्ष बसन्त शाहीमाथि नयाँ बजारमा शुक्रबार बिहान गोली प्रहार भएको छ ।
गोली लागि गम्भीर घाइते भएका उनको शिक्षण अस्पतल महाराजगञ्जमा उपचार भइरहेको छ । उनी अहिले खतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्ववियु उपसभापति वीरबहादुर रावत र मुकेश नेपालीलाई  पक्राउ गरेको छ  ।उनीहरूको साथबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल र तीन वटा प्रयोग नभएको गोली फेला बरामद गरेको छ ।
पक्राउ परेका दुबैले पेस्तोल खेलाउने (डेमो गर्ने) क्रममा चलेको बताएका छन् । घटनाका सम्बन्धमा जानकारी दिन हनुमानढोकामा आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी जयबहादुर चन्दले दुर्घटनावश गोली लागेको देखिएको बताउनु भयो । गोली चलाउने मनोज खत्री भने फरार रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार रावतको कोठामा मुकेश नेपाली र बसन्त शाहीसमेतलाई खत्रीले पेस्तोलमा गोली कसरी राख्ने, कसरी ताक्ने र कसरी चलाउने भन्दै सिकाउँदै गरेको अवस्थामा अकस्मात् गोली चलेको हो ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पेस्तोल खेलाउने (डेमो गर्ने) क्रममा लाग्यो गोली विद्यार्थी नेतालाई"

Leave a reply