|

राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा पार्टीको बैठक बसिरहेका बेला बेहोस


काठमाण्डौ,जेठ २७ -बैठक बसिरहेका बेला नाकबाट रगत बगेर बेहोस भएपछि राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ ।

आज बिहान करिव साढे नौ बजेतिर पार्टी कार्यालय सानो गौचरणमा वैठक वसिरहेका बेला बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उहाँलाई अहिले सघन उपचार कक्षमा भर्ना गरिएको बताइएको छ ।

उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिन राप्रपा अध्यक्ष पशुपति समशेर राणा र नेता लोकेन्द्रबहादुर चन्द नर्भिक अस्पताल पुग्नुभएको छ । ८६ बषिर्य थापा शुक्रबार काठमाण्डौंमा आयोजित बिरोध प्रर्दशन सभामा चर्को गर्मीका बिच सहभागी हुनुभएको थियो । कार्यकर्ताहरुले कमजोर स्वास्थ्य रहेका थापा चर्को गर्मीमा धपेडी गरेकाले समस्या आएको हुनसक्ने बताएका छन् ।उनको अबस्थाबारे अहिलेसम्म चिकित्सकहरुले आधिकारीकरुपमा केही बताएका छैनन् ।


समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा पार्टीको बैठक बसिरहेका बेला बेहोस"

Leave a reply