माइक्रो बसले ठक्कर दिदा एक महिलाको घटना स्थलमै मृत्यु
सर्लाही,जेठ २७-पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा माइक्रो बसले ठक्कर दिदा शनिबार विहान एकजना पैदल यात्रीको मृत्यु भएको छ । विद्यार्थी वोकेर शैक्षिक भ्रमणका लागि पूर्वतर्फ जाँदै गरेको वा ३ ख ४३३ नम्वर माइक्रो बसले पैदल यात्री एक महिलालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भिर घाईते भएकी उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको सनाखत हुन सकेको छैन भने सवारी चालक अर्घाखाचीका तोलाराज श्रेष्ठ र सवारीलाई नियन्त्रणमा लिएको छ ।
समाचार ऑनलाइन खबर बाट
समाचार ऑनलाइन खबर बाट
