गजल
कहानी फरक तर जिएको याद छ
मधुमास रिसाउदा पिएको याद छ ।
अति व्यर्थ संवाद प्रेम लाभको
ग्रजदै चोट दिएको याद छ ।
सवै त्यागमा निशाको अनुसा
प्रेमको बाछिटा सिएको याद छ ।
क्षितिज पारी लुकेर वसेपनि
तिर हानि प्रित खिएको याद छ ।।
अर्जुन पाण्डे ,तुलसीपुर दाङ