|

अधिकारका लागि घोषणा पत्र बुझाउदै

हेमराज भट्ट,नेपालगन्ज-मुस्लिम किशोरीहरुलाई माथि उठाउन तथा उठ्नको लागि विशेष कार्यक्रमका सहभागीता साथै विकासका विशेष पहल राज्यबाट तथा स्थानिय तहबाट होस् भन्दै नगर स्तरीय सञ्जाल उमीद किशोरी  क्लब ले  बाँके नेपालगन्ज नगरपालीकाका कार्यकारि अधिकृत लोक बहादुर सुनारलाई

निम्न बमोजिमका मामहरु सहितको पत्र बुझाएका छन्  ।
१.मुस्लिम किशोरीहरुलाई स्नातक तहसम्म निशुल्क शिक्षाको व्यवस्था गरियोस ।
२.नेपालगाज नगरपालिकामा बन्ने जति पनि निति निर्माणको समिति र उपसमितिमा मुस्लिम किशोरी क्लबको प्रतिनिधित्व गरियोस ।
३. नगरपालिकामा परिषद हुदा किशोरी क्लबको प्रतिनिधित्व अनिवार्या गरियोस ।
४.नगरपालिकामा बजेट  छुट्याइदा  किशोरीहरुको लागि छुट्टै बजेट छुट्याइनु ब्यवस्था गरियोस  ।
५.नेपालगाज नगरपालिका मुस्लिम किशोरीहरुको लागि उच्च शिक्षा हासिल गर्नाको लागि पठनपाठनको लागि निशुल्क व्यवस्था गरियोस ।
६. ५० वर्षको उमेरमा बृद्ध भत्ताको ब्यवस्था गर्ने ।
७.मुस्लिम किशोरी र महिलाहरुको हक अधिकार कानुनी रुपमा संरक्षण गरियोस ।
८.सार्वजनिक सरोकारको विषयमा मुस्लिम किशोरीहरुलाई भाग लिन पाउने ब्यवस्था गरियोस ।
९.गरीब मुस्लिम किशोरीहरुलाई नि:शुल्क शिक्षाको ब्यवस्था गरियोस ।
१०. विभिन्न किसिमका शिपमुलक तालिमहरु आयआर्जंनका लागि मुस्लिम किशोरीहरुलाई यथाशिध्र तालिमको ब्यवस्था गरियोस ।
११.मुस्लिम समुदायमा दाईजो प्रथा अन्त्यको लागि नेपालगाज नगरपालिका रोक लगाउन यथाशिघ्र पहल गरियोस ।
१२.बाल बिवाहमा नगरपालिकाले रोक गर्नको लागि यथाशिघ्र पहल गरियोस ।
१३.बहु विवाहको रोक लगाएयोस ।
१४.मुस्लिम महिला माथि हुने हरेक प्रकारको हिसा अन्त्य गरियोस ।
१५.महिला माथि हुने हिासा हरेक प्रकारको घटनामा राजनितिकरण नगरियोस ।
१६.नेपालगाज नगरपालिकाले नगरलाई सरसफाई गर्ने यथाशिध्र शुरु गरियोस ।
१७.नेपालगाज नगरपालिकाले मुस्लिम समुदायमा कुनै पनि काम गर्दा नगर स्तरीय उमीद किशोरीको प्रतिनिधित्व अनिवार्या रुपमा गरियोस ।
१८.मुस्लिम किशोरीहरुलाई पठनपाठन को नगरपालिकाले छुटै विधालयको ब्यवस्था गरियोस ।



नेपालगन्ज नगरपालीकाका कार्यत्रकारि अधिकृत लोक बहादुर सुनारलाई घोषणा पत्र दिदै क्लब का सहभागीतस्बिर :हेमराज भट्ट,नेपालगन्ज



नगर स्तरीय साञ्जाल उमीद   किशोरी  क्लब ले निकालेको र्‍याली । 
तस्बिर :हेमराज भट्ट,नेपालगन्ज








Posted by Butwalonline on 7:09 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अधिकारका लागि घोषणा पत्र बुझाउदै"

Leave a reply