|

छात्रछात्राहरुलाई टिफिन बक्स वितरण


हेमराज भट्ट,नेपालगन्ज,जेष्ठ २ --नेपालगन्ज/ अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा खासकारकाँदो गाविस अन्तर्गत भुजई गाउँ स्थित पाटेश्वरी राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई टिफिन बक्स (खाजा राख्ने भाँडा) वितरण गरिएको छ  ।

युनिभर्सल पिस फेडरेसन मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयव्दारा आयोजित एक कार्यक्रम वीच लायन्स क्लब अन्तर्राष्ट्रिय एरिया ३२५ बि २ को डिष्ट्रिक्ट गभर्नर सेम शाक्यले उक्त विद्यालयमा अध्ययनरत कक्षा एकका छात्रछात्राहरुलाई टिफिन बक्स (खाजा राख्ने भाँडा) वितरण गर्दै ग्रामीण भेगका विद्यार्थीहरुको आवश्यकतालाई ध्यानमा राखेर युनिभर्सल पिस फेडरेसन मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले टिफिन बक्स उपलब्ध गराएकोमा सबैले प्रशंसा गरेका थिए ।

उक्त अवसरमा युनिभर्सल पिस फेडरेसनका अन्तर्राष्ट्रिय प्रतिनिधि डिभाइन चानस भण्डारीले विश्व शान्तिका लागि स्थापित विश्व एक घर, समस्त मानव जाति एक परिवारको महान उद्देश्यव्दारा अभिप्रेरित युनिभर्सल पिस फेडरेसनको गतिविधि बारे मौखिक र भिडियोव्दारा प्रस्तुत गरेका थिए । पिस उम्बेसेदर तथा वरिष्ठ पत्रकार पूर्ण लाल चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव राम वर्मा, प्रधानाध्यापक भीम कुमारी घर्तीमगर लगायतले बोल्नु भएको थियो ।कार्यक्रमको प्रारम्भमा युनिभर्सल पिस फेडरेसनका अन्तर्राष्ट्रिय प्रतिनिधि डिभाइन चानस भण्डारीले संयुक्त राष्ट्र संघका महासचिव वान कि मूनले अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा दिनु भएको सन्देश र शिक्षक ओम प्रकाश वर्माले युनिभर्सल पिस फेडरेसनको सन्देश वाचन गर्नु भएको थियो ।युनिभर्सल पिस फेडरेसन मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कृष्ण शाहीव्दारा संचालन गरिएको कार्यक्रममा विद्यालयका ३०० जना सबै छात्रछात्राहरुलाई टिफिन बक्स (खाजा राख्ने भाँडा) वितरण गरिएको जानकारी दिइयो ।


Posted by Butwalonline on 8:00 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छात्रछात्राहरुलाई टिफिन बक्स वितरण"

Leave a reply