|

एनआरएनए आइसीसीका सचिव टि.वी. कार्कीले माफी मागेपछि विवाद सुल्झियो


तिलविक्रम थेबे /दोहा कतार-राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अन्तर्राष्ट्रिय शाखा कतारले गतहप्ता आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अतिथीको रुपमा आमन्त्रण गरिएका एनआरएनए आईसीसीका सचिव टिवी कार्कीले सो कार्यक्रममा अभिव्यक्त गरेको अपशव्दले मुस्लिम समुदायको भावना र मर्ममा चोट पुगेको भन्दै मुस्लिम समुदायले आक्रोस व्यक्त गरेपछि यो विषयलाई गम्भिरतापूर्वक लिदै एनआरएनए आईसीसीका मध्यपुर्व संयोजक नरेन्द्र भाट र समाजका अगुवा सागर नेपालको विशेष पहलकदमीमा बोलाइएको आकस्मिक भेलामा कतारमा रहेका संघसस्था र मुस्लिम समुदायको उपस्थितिमा अन्तत सचिव कार्कीले आफ्ुले बोलेका अपशव्दका लागि सार्वजनिक रुपमा माफी मागेपछि विवाद सुल्झिएको छ ।

आगामी संविधानमा आफ्नो स्पष्ट पहिचान सहित आफ्नो हक र अधिकारको लागि चरणबद्ध रुपमा नेपालमा आन्दोलनरत मुस्लिम समुदायको आन्दोलनको समर्थन गर्दै आन्दोलनका वारेमा विविध जानकरी दिन राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अन्तर्राष्ट्रिय शाखा कतारले गत मई ११, २०१२ मा  आयोजना गरेको नेपाल प्रवासी मुस्लिम समाज दोहा कतारद्धारा प्रवद्र्धित तथा आयोजित “नेपाली मस्लिम समुदायको अधिकारको लागि आन्दोलन” विषयक अन्तरक्रिया कार्यक्रममा कतारमा रहेका भ्रातृसंगठन, एनआरएनए, आदिवासी प्रवासी जनजाती तथा समाजका अगुवाहरुलाई आआफ्नो धारणा राख्नका निमित्त अतिथीको रुपमा सवैलाई समानरुपमा आमन्त्रण गरिएका थिए । सो कार्यक्रममा समयको पावन्दीलाई ध्यानमा राख्दै आफना धारणा ३ मिनेटभित्र राखि सक्नुपर्नेमा सो भन्दा बढीसमय लिदै आफना धारणा राख्नेक्रममा एनआरएनए आइसीसीका सचिव टिवी कार्कीले आवेशमा माइक्रोफोन बजार्दै बोलेका शब्द मुस्लिम समुदायका विच अत्यन्त आपत्तिजनक रहेको थियो । कार्कीले आवेशमा गालीशब्द प्रयोग गरेकाले त्यहाा उपस्थित मुस्लिम समुदायको भावना र मर्ममा चोट पुग्नका साथै विभिन्न भ्रातृसंगठन तथा संघसस्थाहरुबाट प्रतिनिधित्व गरीरहेका अतिथीहरु समेतलाई अपमानबोध भएको थियो ।

एनआरएनए आइसीसीका मध्यपुर्व संयोजक नरेन्द्र भाट तथा समाजिक अगुवा सागर नेपालले कतारमा रहेका विभिन्न संघसस्था, भ्रातृसंगठन लगायतका प्रतिनिधिहरुको आकस्मिक भेला बोलाएर सोहार्दपूर्ण वातावरणमा विवाद समाधान गर्नका लागि विनयपुर्वक मुस्लिम समुदाय सहित सबैलाई आव्हान गरेका थिए । सो आकस्मिक भेलामा उपस्थित सबैले सचिव टीवी कार्कीले बोलेका शव्द गलत भएको हुनाले लिखित जानकारी सहित माफ माग्न अनुरोध गरेका थिए  सोही अनुरुप सचिव कार्कीले आफुले बोलेका शव्दले मुस्लिम समुदायको भावना र मर्ममा चोट पर्न गएको र अन्य समाजिक संघसस्थाहरुको पनि अपमानबोध भएको हृदयबोध भएकोले माफी माग्न चाहेको बताउदै सोको लागि सार्वजनिक रुपमा क्षमा मागेका थिए । “म मुस्लिम समुदाय लगायत सबै संघसस्थासंग समन्वयात्मक भुमिकामा रहेर काम गर्न चाहन्छु म कसैको भावना, मर्म, सामुदायिक, साम्प्रदायिक, धार्मिक, संस्कृति विपरित गएर कसैलाई चोट पुरयाउन चाहन्न र मेरो आशय पनि होइन तर आवेशमा बोलेको शब्द गल्ती भएको हो यसलाई म स्विकार गर्दछु” सचिव कार्कीको भनाई थियो ।

उपस्थित सबैको चाहनाको कदर र सम्मान गर्दै भेलाद्धारा सर्वसम्मतिले अनुरोध गरिएका आइसीसीका मध्यपुर्व अध्यक्ष नरेन्द्र भाट, एनआरएनए एनसीसीका अध्यक्ष अमृत गुरुङ्ग, नेपाली प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, नेपाली जनसम्पर्क समितिका अध्यक्ष विमल सुवेदी र पत्रकार तिलविक्रम थेबे रहेको पााच जनाको विशेष टोलीले बनाएको लिखित कागजमा टीवी कार्कीेले हस्ताक्षर गरेका हुन्  ।  सो आकस्मिक भेलामा उपस्थित संघसस्थाका सबै अगुवा र प्रतिनिधीहरुले विवादलाई सोहार्दपुर्ण वातावारणमा समाधान गरेर सबै नेपाली समुदाय उदाहरणीय रुपमा  मिलेर जानुपर्ने  राय र सुझाव दिएका थिए ।
“मुस्लिम समुदायको महत्वपूर्ण र सार्वजनिक सो अन्तरक्रिया कार्यक्रममा अतिथीको रुपमा मैले आवेशमा आएर अभिव्यक्त गरेको शव्द कार्यक्रम आयोजक, मुस्लिम संघर्ष गठबन्धन, मुस्लिम संघसस्था,समुदाय तथा मुस्लिम साथीहरुलाई लक्ष्य गरेर कदापी नबोलेको तर भावावेशमा आएर बोलिपठाएका सो अपशव्दले उहााहरुको भावना र मर्ममा चोट पुगेको कुराले म पनि दु:खी भएको छु यसैले विनाशर्त मैले सार्वजनिकरुपमा माफी माग्नु एउटा सामाजिक कार्यकर्ताको हैसियतले मैले मेरो कर्तव्य ठान्दछु” सचिव कार्कीको आग्रह थियो ।
सचिव कार्कीको आइसीसीको सचिवपदबाट राजिनामा नै आफ्नो बटमलाइन बनाएर आफ्नो अडानमा दृडतापुर्वक रहेका मुस्लिम समुदायको अन्तत विवादलाई मिलाएर जानुपर्छ भन्ने उदाहरणीय सुझवुझ र समझदारीता तथा सचिव कार्कीको समाज र समुदायप्रतिको दायित्वबोधको महशुस, समाज र समुदायको राय र सुझावलाई ससम्मान स्विकार तथा विभिन्न शिराबाट शुक्ष्मरुपमा विवादलाइृ केलाउदै अत्यन्त सोहार्दपुर्ण वातावरणमा विवाद सुल्झाउन प्रमुख भुमिका खेल्न हदैसम्मको भुमिका निर्वाह गरेका आइसीसीका मध्यपुर्व संयोजक नरेन्द्र भाट र सामाजिक अगुवा सागर नेपाल तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अन्तर्राष्ट्रिय शाखा कतारका संयोजक मो. शकिर अली, सचिव मो. अजिज अली लगायत सम्पुर्ण पदाधिकारीहरु, नेपाली प्रवासी मुस्लिम समाजका अध्यक्ष याकुव राइन्, सल्लाहकार करिम बक्स मिया, नेपाली प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, एनआरएनए एनसीसी कतारका अध्यक्ष अमृत गुरुङ्ग, नेपाली जनप्रगतिशील मंच, नेपाली जनसम्पर्क समिति, लोकतान्त्रिक मंच, विभिन्न भ्रातृुसंगठनका सल्लाहकारहरु, सम्पूर्ण संघसस्था, मुस्लिम समुदाय, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरुको विश्व नेपाली समुदायहरुबाट प्रशंसा गरिएको छ ।
यसअघि सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सचिव कार्कीले अभद्रशव्द व्यक्त गरेकाले मुस्लिम युवाहरु कार्कीका विरुद्ध निकै आक्रामक भएका थिए भने अतिथीहरु तथा मुस्लिम भद्रव्यक्तिहरुले आक्रोसित मुस्लिम समुदायलाई सम्झाएर संभावित हात हालाहालको अवस्थालाई टारेका थिए ।
आइसीसीका सचिव कार्कीको मुस्लिमप्रतिको अत्यन्त सकारात्मक दृष्टिकोण सहित उनीहरुको वर्तमान आन्दोलन मुस्लिम समुदायकै प्रतिनिधीमुलक आन्दोलन भएकोले यो आन्दोलनप्रति सदभाव र उच्च सम्मान हुदाहुदै पनि अपमानित शब्द प्रयोग गरेकाले उनको कडा आलोचना गर्दै कार्यक्रम आयोजकको तर्फबाट समाजका सल्लाहकार करीम बक्स मिंयाले सो कार्यक्रममा उनलाई बहिष्कार गरिएको घोषणा गरे । उपस्थित मुस्लिम समुदायले उनले सार्वजनिक रुपमै माफी माग्नुपर्ने बताएका थिए । कार्कीले कार्यक्रमको विसर्जनपछि माफी माग्ने प्रयास गर्दा कार्यक्रम आयोजकको तर्फबाट उनलाई माफी माग्न दिइएन ।
अतिथी एनआरएनए आइसीसीका सचिव टिवी कार्कीको विवास्पद अपशव्दको कारण कार्यक्रममा केहीवेर होहल्ला भएको थियो भने कार्यक्रमलाई अत्यन्त धैर्यपुर्वक, अनुशासित र मर्यादित ढंगले आयोजक र कार्यक्रम संचालकले चलाउन चाहेर पनि एकाअर्का विरुद्ध गालिगलौज गर्ने, तथा मुस्लिम समुदायभित्र नै एउटा समाजले अर्को समाजको कटु आलोचना गर्न खोज्ने जस्ता अमर्यादित ढंगबाट स्वयम् समाजका अगुवाहरु प्रस्तुत हुन खोजेर माहौललाई खल्वल्याउने र सामान्य हुदै गएको घटनालाई पुन दोहोरयाउदै विचविचमा माहौललाई उत्तेजित बनाउने प्रयास पनि भएको देखिथ्यो ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अन्तर्राष्ट्रिय शाखा कतारका संयोजक मोहमद शकिर अलीको सभापतित्वमा सम्पन्न भएको भएको अन्तरक्रिया कार्यक्रममा कार्यक्रम प्रस्तोता  रहेका गठबन्धनका सचिव मोहमद अजिज अलीले आन्दोलनमा उठाएका  १० बुादे मागहरु पढेर सुनाएका थिए । जनप्रगतिशील मंचका उपाध्यक्ष तिलविक्रम थेवेले मुस्लिम समुदायको आन्दोलन उनीहरुको हक,अधिकारको सुनिश्चितताको लागि भएकोले उनीहरुको पहिचान, हक र अधिकार सविधानमा समावेश गर्न यो आन्दोलन निर्णायक हुनेछ तर आन्दोलन धार्मिक सहिष्णुता र राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्दै  कुनै राजनैतिक पार्टी विशेषको निर्देशन र इशारामा नभएर स्वस्फूर्त जारी राख्नु जरुरी भएको छ भन्दै यो आन्दोलनमा मञ्चको समर्थन रहेको बताए । जनसम्पर्क समिति कतारका अध्यक्ष विमल सुवेदीले आन्दोलनका मागहरु मुस्लिम समुदायको पहिचान, हक अधिकारको लागि भएको तर जातिय र भाषिक रुपमा संघिय आन्दोलन गर्न नहुने बताए । जनजाती महासंघका अध्यक्ष मान बहादुर सांवाले जनजातीहरु आफ्ना हक आधिकारको सुनिश्चितता मात्र नभएर उनीहरुको शताव्दीऔं देखिको हराईरहेको आफनो पहिचान र सामथ्र्य संघियराज्य मार्फत मात्र प्राप्त हुने हुनाले राष्ट्रिय अखण्डता सहितको जातिय संघियराज्य हुनुपर्ने राय व्यक्त गर्दै मुस्लिम समुदायको  जायज मागहरु संविधानमा संबोधन हुनुपर्ने बताए ।
समाजका अगुवा सागर नेपालले अघिल्लो पुस्तासम्म पनि जातिय विभेद र लैङ्गिक विभेदबाट ग्रस्त भएर आएको हाम्रो समाजलाई हाम्रो पुस्ताले हामी समान हौं हामी कोही पनि ठुलासाना छैनौं भन्दै हामी नेपाली, हाम्रो नेपाल, भन्ने जातिय, भाषिय र लैङ्गिक सहिष्णुताको लडाई लड्नुपर्छ, तर राष्ट्रलाई युगाण्डा र सोमालिया हुनबाट पनि बचाउनुपर्ने राय व्यक्त गरेका थिए ।

एनआरएनए कतारका अध्यक्ष अमृत गुरुङ्गले यो आन्दोलन भनेको मुस्लिम समुदायको जायज मागहरु सहितको आन्दोलन भएकोले अव बन्ने संविधानमा मुस्लिम समुदायको हक अधिकार र मागहरुको  सुनिश्चितता हुनुपर्ने राय व्यक्त गरेका थिए ।
नेपाल प्रवासी मुस्लिम सेवा समाजका सल्लाहकार करीम बक्स मिंयाले  आन्दोलन दवाउने प्रयासमा बल प्रयोग गरेर आन्दोलनका सहभागीहरु घाइते बनाइएकाछन् भन्दै मुस्लिम समुदायको माग पुरा नभएसम्म यो आन्दोलन जारी रहने बताए ।
नेपाली प्रवासी मुस्लिम समाजका अध्यक्ष याकुव राइन्ले आन्दोलनले मुस्लिम समुदायको लागि संविधानमा सम्बोधन हुने कुरा राखेका थिए । नेपाली प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलमले हामी प्रवासमा रहेका नेपाली मुस्लिमहरुको यो आन्दोलनमा पूर्ण समर्थन रहेको बताएका थिए ।
उपस्थित अतिथिहरुले आआफ्ना अभिव्यक्ति माथि राखेका प्रश्न, जिज्ञासाको  जवाफ दिदैं आन्दोलित मुस्लिम समुदायमाथि उनीहरुको जायज मागहरु संविधानमा सम्वोधन हुनुपर्ने उनीहरुको राय थियो ।
उपस्थित सहभागीहरुद्धारा दुईओटा मुस्लिम समाजको एकताको वारेका सोधिएका जिज्ञासा, राय सुझाव र सल्लाहलाई दुवै मुस्लिम समाजका अध्यक्षहरुले समारात्मक रुपमा लिएको र एकता हुन सक्ने विषयमा राम्रो सन्देश दिएका थिए ।
स्मरणरहोस् मुस्लिम समुदायका जायज मागहरु संविधानमा समावेश हुनुपर्ने कुरा राख्दै जनसंख्याको आधारमा छुट्टैराज्य सहितको उपराज्य, स्वायत्त राज्य र संरक्षित क्षेत्रको सुनिश्चितता् गरिनुपर्ने माग राख्दै पृथक पहिचान, संवैधानिक मुस्लिम आयोग, मौलिक हक, दुई प्रमुख विकल्प सहितको राज्य पुनसंरचनामा मुस्लिम पहिचान सहितको संघीयता, पूर्ण समानुपातिक समावेशीकरण, सकारात्मक विभेद, धर्मनिरपेक्ष राज्यको सिद्धान्त, मिश्रित निर्वाचन प्रणाली, मुस्लिम धर्मसंग सम्बन्धित धार्मिक तथा सांस्कृतिक महत्वका विविध विषयहरुमा प्राथमिकता दिइनुपर्ने, मुस्लिम समुदायसंग गरेका सहमति र सम्झौताहरुलाई कार्यान्वयन गर्नुपर्ने जस्ता १० वुादे ज्ञापनपत्रराष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अन्तर्राष्ट्रिय शाखा कतारले प्रधानमन्त्रीलाई सम्बोधन गरी नेपाल सरकारलाई बुझाईसकेको छ भने अव उनीहरुको आन्दोलन तेस्रो चरणमा प्रवेश गरिसकेको छ ।
प्रवासस्थित विभिन्न जिल्लाका मुस्लिम समाज भ्रातृसंगठन र संघसस्थाका मुस्लिम प्रतिनिधिहरु, प्रतिष्ठित मौलानाहरु लगायतका नेपाली मुस्लिम समुदायको व्यापक सहभागिता सो कार्यक्रममा रहेको थियो ।

Posted by Butwalonline on 8:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एनआरएनए आइसीसीका सचिव टि.वी. कार्कीले माफी मागेपछि विवाद सुल्झियो"

Leave a reply