|

बन्दले जनजिवन अस्तव्यस्त, बन्दमा बिद्यालय समेत बन्द


हेमराज भट्ट ,नेपालगन्ज,जेष्ठ २ - अखण्ड मध्यपश्चिमको माग गर्दै अनिश्चित कालीन बन्द चलीरहेकै बेला थारु संघर्ष समितिले १ देखि ५ गतेसम्म बन्दको आव्हान गरेको छ । यसरी बन्द माथि बन्द थपीदा यस क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ ।

अखण्ड मधयपश्चिमको माग गर्दै जातिय राज्यको विरोधमा बर्दिया जिल्लाबाट ४ दिन अगाडी २८ गते देखि सुरु गरिएको आन्दोलन आज टैठौंै दिनपनि जारि रह्यो । भने थारु संघर्ष समितिले थरुहट प्रदेश कायम गर र जातिय सद्भाव कायम गरौं भन्ने मुल माग राखि चितबन देखि कंन्चनपुर सम्म थरुहट स्वायक्त प्रदेश घोषणा गर्न माग गर्दै आन्दोलन थालेको हो । यसरी बन्द माथि बन्द थपीदा बाटेमा अलपत्र परेका यात्रुहरु प्रदल गन्तव्यतिर लाग्न थालेका छन् भने कोही निकै चर्को मुल्यमा रिक्सा तथा टांगाको माध्यमबाट गन्तव्यतिर जानलागेका छन् । उता लगातारको बन्दले बिद्यालय सञ्चालनमा कठिनाई भएको भन्दै बााके जिल्लाका निजि विद्यालयहरु सोमबारदेखि दुई हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । सामुदायिक बिद्यालयहरु त्यसै बन्द रहेका बेला निजि बिद्यालयहरुले पनि यस्तो निर्णय गर्दा हजारौं बिद्यार्थीहरु बिद्यालय जानबाट बन्चित भएका छन् । बिद्यालय खुल्लै छ भनेर बन्द गर्नु भन्दा बन्द नै छ भन्दा राम्रो हुने र बिद्यार्थीहरुलाई समेत अन्यौलता नहोस भनेर यस्तो निर्णय गरेको निजि बिद्यालय साग सम्बन्धित सञ्चालकहरुले बताएका छन् । उता नेपालगन्जमा बन्दका कारण बिगत दुई दिन देखि दुधको अधाव देखिन थालेको छ । गाडी बन्द भएपनि माग अनुसार डेरीहरुले दुध पाउन सकेका छैनन भने अब डेरीमा दुध दही लगायतका बस्तुहरु आउन छाडेको डेरी सञ्चालकहरुले बताएका छन् ।

यसरी जातिय आन्दोलन एकातिर र अखण्ड मधयपश्चिमको आन्दोलन अर्कोतिर चलिरहदा शान्ति सद्भाव नखल्बलीयोस भन्दै बााके जिल्ला प्रशासन कार्यालयले शान्ति सद्भाव खल्बलीने कुनै पनि क्रियाकलाप नगर्न आग्रह सहितको अपिल निकालेको छ भने शान्ति समिति बर्दियाले शान्ति र सद्भावका लागि गुलरियामा र्‍यालीको आयोजना गरेको छ । यसैगरी जिलला स्थित मानवअधिकारबादी संघ सस्थाहरुले बन्दले सर्वसाधारणको आधारभुत आवश्यकताहरु पूर्ती हुन नसकेकाले नागरिकका जायज मागहरुलाई यथोचीत रुपमा सम्बोधन गर्नका लागि नेपाल सरकार साग आग्रह गर्ने क्रम पनि बढ्दै गएको छ ।

Posted by Butwalonline on 7:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बन्दले जनजिवन अस्तव्यस्त, बन्दमा बिद्यालय समेत बन्द"

Leave a reply