|

प्रेस रिलिज:थरुहट तराई दोस्रो दिन बन्दको विज्ञप्ति




नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद् सचिवालय
नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिको तर्फबाट 
प्रेस विज्ञप्ति
मिति ः २०६९ जेठ २ गते

(१)
नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले आव्हान गरेको पाँच दिने थरुहट तराई बन्दको दोस्रो दिन आज बिहानैदेखि सम्पूर्ण थरुहट तराई क्षेत्रमा यातायात, कलकारखाना, बजार, शिक्षणसंस्था बन्द भएका छन् । बन्दका क्रममा नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले एम्बुलेन्स, प्रेस, दमकल, कुटनीतिक नियोगका सवारी साधन तथा अन्य आकस्मिक सेवाका सवारी साधनलाई सहयोगात्मक व्यवहार गरिएको छ । 
थरुहट तराई बन्दको दौरानमा आज पनि हिजोजस्तै जनप्रदर्शनको कार्यक्रम जारि रहने छ । 
(२)
मुलुकको राजनीतिक परिस्थिति गम्भिर बन्दै गएको छ । संघीयता विरोधी प्रतिगामीहरुले टाउको उठाउन थालेका छन् । अखण्डताका नाममा मच्चाइन थालेको वितण्डालाई सघीयता विरोधीहरुले मलजल गरिरहेछन् । सुदुर पश्चिममा जनमत संकलन गर्ने भनेर संघीयता विरोधी माहौल सिर्जना गर्न खोजिँदै छ । त्यसो भए भोलि राजतन्त्रका विषयमा पनि जनमत संकलन गरिन के बेर ? भोलि लोकतन्त्र राख्ने कि नराख्ने भनी जनमत संग्रह गरिन के बेर ? संविधान निर्माणको अन्तिम क्षणमा आएर जनमत संकलनको बहाना निकालेर संघीयता भाँड्ने प्रयाश हुन लागेको प्रति सचेत रहन सम्पूर्ण देशवासीमा अपिल गर्दछौं । 
संविधानसभाभित्र सहमति हुन नसकेका विषय रुपान्तरित संसद्लाई जिम्मा दिने भनी दलहरुले षडयन्त्र थालेका छन् । संघीयताको प्रत्याभूति नगरि तथा पहिचान सहितको प्रदेश निर्धारण नगरि अधुरो, अपूरो, संक्षिप्त र किस्तावन्दीको संविधान नेपाली जनताले नमान्ने चेतावनी संविधानसभामा हालीमुहाली मच्चाइरहेका चार शक्तिका शीर्ष नेतालाई दिन्छौं । 
(३)
ड्ड नेपाल आदिवासी जनजाति महासंघ तथा यसका घटक संगठनहरुको आयोजनामा जेठ ३ गते काठमाडौंमा सिठी जुलुस सहित संविधानसभा घेराउ कार्यक्रम
ड्ड नेपाल आदिवासी जनजाति महासंघ तथा यसका घटक संगठनहरुको आयोजनामा जेठ ६ गते काठमाडौंमा ब्यापक जनप्रदर्शन सहित संविधानसभा घेराउ कार्यक्रम
ड्ड नेपाल आदिवासी जनजाति महासंघले जेठ १, २ र ३ गते आव्हान गरेको नेपाल बन्द ७, ८ र ९ गतेका लागि सारेको छ । 
यसबाहेक पहिचानसहितको संघीयता सुनिश्चित गर्न नेपाल आदिवासी जनजाति महासंघले चलाउँदै आएको आन्दोलन तथा अभियानका सम्पूर्ण कार्यक्रमहरु निरन्तर हुनेछन् । 

राजकुमार लेखी थारु –९८४१४३७४००
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ



Posted by Butwalonline on 7:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस रिलिज:थरुहट तराई दोस्रो दिन बन्दको विज्ञप्ति"

Leave a reply