|

सुदूर बन्द १९ औं दिन पनि जारी बिभिन्न ठाऊँमा झडप, स्थिति तनावग्रस्त

धनगढी, जेठ २ - अखण्ड सुदूर पश्‍चिमको माग राख्दै आन्दोलनरत पक्ष र थरुहटको मागमा उत्रिएका थारुबीच हिजो रातिदेखि कैलालीको पहलमानपुरमा भिडन्त भएको छ। मध्यरातसम्म भएको झडपमा परी सन्देश वोगटी र जङ्ग थापा घाइते भएका छन्। अहिले दुबै पक्ष भिडन्तको तयारीमा जुटेको छ।धनगढीबाट ५० किलोमिटर पूर्वमा भिडन्तको तयारी भइरहँदा प्रहरी पुग्न सकेको छैन। आज थप तनाव हुने स्थिति छ।
नागरिक  न्यूज 

Posted by Butwalonline on 7:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुदूर बन्द १९ औं दिन पनि जारी बिभिन्न ठाऊँमा झडप, स्थिति तनावग्रस्त"

Leave a reply