स्याङ्गजा सहयोग समाज, बिचारी चौतारा इकाई समिति कतारको प्रथम साधारण सभा सम्पन्न"
लक्ष्मण खनाल, यूएई,"स्या.स.स को चाहना, बिसुद्ध सामाजिक सेवाको भावना" भन्ने मुल नारा का साथ स्थापीत स्याङ्गजा सहयोग समाज, दोहा कतारको बिचारी चौतारा इकाई समिति को प्रथम साधाहरण सभा गत शुक्रबार ११ तारिक का दिन कतारको शनैया स्थित एक सभा हलमा भव्यताका साथ सुसम्पन्न भएको छ ।
खड्ग बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न उक्तप्रथम साधारण सभा को प्रमुख अतिथी स्याङ्गजा सहयोग समाज कतारका अध्यक्ष श्री टुकराज अर्याल ज्यू रहनुभएको थियो भने बिशेष अतिथीहरु क्रमशः संस्थापक अध्यक्ष राजेश दर्शन अर्याल, निवर्तमान अध्यक्ष गुरुनारायण रानाभाट, उपाध्यक्ष रामु बस्याल र कोषाध्क्ष यम श्रेष्ठ थिए भने अतिथीहरु क्रमशः स्याससकै उपाध्यक्ष गोप सुनार, भेषराज पराजुली, रापाकोट इकाईका अध्यक्ष श्री नारायण काफ्ले, अर्जुन चौपारी इकाईका अध्यक्ष श्री पुण्य भुषाल, आँधीखोला बचतका अध्यक्ष श्री चोलाकान्त बि.क, प्रकाश परियार, कृष्ण गिरी लगायत रहनुभएको थियो ।
प्रमुख अतिथी तथा बिशेष अतिथी बाट दिप प्रज्वलन गरी सुरु गरीएको सो कार्यक्रममा समाजका सह सचिब श्री बम बहादुर कार्कीले स्वागत मन्तब्य राख्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । अध्यक्षको आसनबाट बोल्दै नेपालीले इकाइले गरेका सम्पर्ुण्ा कार्यहरुले कतारको नेपाली लाइ हुने गरेका समस्याहरुको समाधान गर्न एउटा इट्टाको काम गरेको भन्दै आगामी दिनहरुमा पनि यस्तै कार्य गरिरहने बचनबद्धता व्यक्त गर्नुभयो भने प्रमुख अतिथि अर्यालले सम्पर्ुण्ा कतारबासी नेपालीहरुलाई गोलबन्द गर्ने अभियानको रुपमा स्थापित गाविस स्तरीय इकाइहरुले प्रशसनिय कार्य गरेको भन्दै समाजमा हुने दैवि प्रकोप देखी लिएर अन्य सामाजिक विकासका कार्यगर्न इकाइहरुले स्यासस कतारलाई साहस र हौसला मिलेको कुरा व्यक्त गर्नु भयो। इकाईको सांगठानीक प्रतिबेदन इकाईका सचिब श्री राम बहादुर खत्रीले प्रस्तुत गनुभएको थियो भने आर्थिक प्रतिबेदन कोषध्यक्ष श्री प्रकाश पौडेलले प्रस्तुत गनुभएको थियो ।
उक्त साधाहरण सभाबाट बम बहादुर कार्की को अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्य समिति र्सवसम्मत चयन गरिएको छ जसको उपाध्यक्षमा प्रकाश पौडेल, सचिब समिर कार्की, सह सचिब प्रकाश नेपाली, कोषाध्यक्ष जीत बहादुर नेपाली, सदस्यहरु क्रमशः टंक राज पौडेल, टेक ब. खत्री, दिपक पौडेल, टेकनाथ सुबेदी रहनुभएको छ।
यसै गरी शुभकामना मन्तब्य प्रस्तुत गर्दे क्रमशः, राजेश दर्शन अर्याल, गुरुनारायण रानाभाट, रामु बस्याल, नारायण काफ्ले, चोलाकान्त बि.क र यम श्रेष्ठ ले नयाँ कार्य समितिलाई शुभकामना दिदै सफल कार्यकालको कामना गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका प्रमुख अतिथी श्री टुक राज अर्यालले नयाँ कार्य समितीको सपथ ग्रहण गराउनुभएको थियो ।

