|

नगर प्रमुखलाई ज्यान मार्ने धम्की


हेमराज भट्ट,नेपालगन्ज,जेष्ठ ११ -नेपालगन्ज नगरपालीकाका कार्यकारी अधिकृत लोक बहादुर सुनारलाई ज्यान मार्ने धम्की आएको भन्दै आज देखि नेपालगन्ज नगरपालीकाका कर्मचारीहरु आन्दोलनमा उत्रीएका छन् । 
कार्यकारी अधिकृतलाई धम्की दिने व्यक्तिलाई कडा भन्दा कडा कार्वाही हुनुपर्ने माग गर्दै आज नगर प्रमुखको नेतृत्वमा गएको नेपालगन्ज नगरपालीकाका कर्मचारीहरुले  जिल्ला प्रशासन कार्यालयमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी समक्षा सो ज्ञापन पत्र पुर्‍याउने सहायक प्रमुख जिल्ला अधिकारीको आस्वासन पछि ज्ञापन पत्रको टोली कार्यालय तिर फर्केको थियो ।
आज नेपालगन्ज नगरपालीकाको कामकाज पूर्ण रुपमा बन्द रहेको छ भने नगरपालीकाको मातहतमा रहेका १७ आटै वडाहरु समेत बन्द गरि वडा सचिबहरु समेत जिल्ला प्रशासन पुगेका थिए । सुरक्षाको ठोस निर्णय नगरेसम्म नगरपालीकाको कुनै पनि काम काज सुचारु गर्न नसकिने नगरपालीकाले जानकारि गराएको छ ।

Posted by Butwalonline on 3:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नगर प्रमुखलाई ज्यान मार्ने धम्की"

Leave a reply