|

बृहत कालीगण्डकी प्रदेशको माग गर्दै पाल्पाको रामपुरमा जनजागरणसभा


बासुदेब ढकाल, रामपुर पाल्पा,जेष्ठ ११ -भौगोलिक हिसावले मिलेको पाल्पा स्याङ्जा तनहुा र नवलपरासी गण्डकी बेसीलाई टुक्रयाउन नहुने,काली गण्डकी बेसीलाई छुट्टै प्रदेश बनाउनु पर्ने , प्रदेशको सिमाना काली नदिलाई बनाउन नहुने माग राख्दै  यदी यस्ता नियर्ण भएमा शशक्त आन्दोलनमा उत्रिने चेताबनी जनजागरण सभामा बोल्ने बक्ताहरुले बताएका छन ।

बृहत कालीगण्डकी प्रदेश कायम गर, जातिय सद्भाव कायम गर लगाएतका नारा सहित रामपुरका विभिन्न श्थानको परिक्रममा पछि सभामा परिणत भएको हो । मानवअधिकारका लागी नागरिक सन्जाल पुर्वीपाल्पा र पाल्पा उद्योग बाणिज्य संघ सम्र्पक कार्यालय रामपुरको आयोजनामा भएको जनजागरण सभामा पाल्पा स्याङ्गजा ,तनहु र नबलपरासीका एकिकृत नेकपा माओबादी , नेपाली कााग्रेस र नेकपाएमालेका जिल्ला स्तरका नेता कार्यकर्ता सामाजिक कार्यकर्ता शिक्षक बुद्धिजीबी नागरिक समाज पत्रकारहरुले एकै स्वारमा बौल्दै संघिय राज्यको पुर्नसंरचनाले जनतालाई सबल ,सक्षम बनाउने अबसर दिने  भन्दा दुख दिने अबस्था देखिएकोले एकातिर बोल्ने एकातिर काम गर्ने नेतूत्वलाई खबरदारी समते गर्ने बक्ताहरुले बताएकाछन ।      

Posted by Butwalonline on 4:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बृहत कालीगण्डकी प्रदेशको माग गर्दै पाल्पाको रामपुरमा जनजागरणसभा"

Leave a reply