संविधान घोषणा नगरी प्रधान मन्त्रीले राजिनामा नदिने
काठमाडौं, जेठ ११ - एकीकृत नेकपा माओवादीको संस्थापन पक्षका स्थायी समिति सदस्यको बैठकले सहमति भए जेठ १४ भित्रै संविधान जारी गर्ने तर संविधान घोषणा नगरी प्रधान मन्त्रीले राजिनामा दिन नहुने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल निवासमा भएको बैठकमा यस्तो निर्णय भएको हो। अर्थ मन्त्री तथा माओवादी स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार बैठकले आदिवासी, जनजाति, मुस्लिम, मधेसी, महिला लगायतका वर्गको एजेन्डमाथि पार्टीको धारण यथावत राख्ने निर्णय गरेको छ। समाचार कांतिपुर बाट