|

मे ११ मा कतारमा `के म तिम्रो साथी बन्न सक्छु`


मलेशिया र इजरायलमा सफल प्रदर्शन पश्चात नेपाली फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' कतार प्रदर्शनको अन्तिम तयारीमा छ । फिल्मीखबर डटकम र पिएनपी मिडियाको संयुक्त प्रस्तुतीमा यहि मे ११ तारिखका दिन कतारको दोहा स्थित गल्फ हलमा फिल्मको भव्य प्रदर्शन गरिंदैछ ।
 
पछिल्लो समय संगीतले समेत बजार तताएको यस फिल्मको कतारमा अत्याधिक डिमाण्ड रहेको आयोजक समितीका प्रमुख शैलेन्द्र कठायतले जानकारी दिए । त्यसैले त उनी प्राय एक शो गरिने कतारमा फिल्मको दुई शो गर्ने तयारीमा छन् । यसअघि ‘मिस यु’ को सफल प्रिमियर गरिसकेका शैलेन्द्रले  बिदेशमा बस्ने नेपालीहरुले फरक धारका र उच्च प्रविधिमा बनेको फिल्म हेर्न चाहेकाले आफूले यसपटक 'के म तिम्रो साथी बन्न सक्छु' रोजेको बताए । 
 
युवानिर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको फिल्ममा हरेकको रोजाई बनेका नायक आर्यन सिग्देलको साथमा नवप्रस्तुतीको रूपमा दिप्ती गिरीले मुख्य भुमिका निर्वाह गरेका छन् । साथमा सन्दिप सापकोटा, दिनेश डिसी, धिरेन शाक्य, टार्जन, शिशिर राणा, रमेश थापा लगायतले पनि फिल्ममा अभिनय गरेका छन् । सबै मिल्ने केटाकेटी व्वायफ्रेण्ड र गर्ल फ्रेण्ड हुँदैनन् । उनीहरू असल साथी मात्र पनि हुनसक्छन् भन्ने मूल भाव बोकेर निर्माण प्रेमकथानक सो फिल्मलाई कृषा चौलागाईंले निर्माण गरेकी हुन् ।
 
शिब ढकालको छायाँकन तथा दिनेश सुनामको संगीत रहेको सो फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् । फिल्मको द्धन्दनिर्देशक रोशन श्रेष्ठ हुन् । तीन वटा गीत समावेश उक्त फिल्मका करियोग्राफर समन अधिकारी र कविराज गतराजको रहेको छ । 
 फिल्मीखबर  डट .कम  बाट

Posted by Butwalonline on 7:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मे ११ मा कतारमा `के म तिम्रो साथी बन्न सक्छु`"

Leave a reply