कास्कीमा भएको सवारी दुर्घटनामा परि सात जनाको मृत्यु
कास्की
वैशाख २४ - कास्कीको धिताल गाविकासमा आईतबार
विहान भएको सवारी दुर्घटनामा परि सात जनाको मृत्यु भएको छ । धिताल गाविसको
भेडाबारीमा ग १ ज ३२४८ नम्बरको जीप दुर्घटनामा उनीहरुको घटना स्थलमै
मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरुको उद्दारका लागि
प्रहरीको टोली भर्खरै घटना स्थलमा पुगेर उद्दार कार्यलाई जारी राखेको छ ।
मृत्यु हुनेको पहिचान भएको छैन भने घाईतेको यकिन तथ्यांक आउन बाँकी रहेको
प्रहरीले जनाएको छ । घार्इतेहरूको उपचारका लागी पोखरा ल्याउँदै गरेको
प्रहरीले जनाएको छ । घार्इते मध्ये धेरैको अवस्था गम्भिर रहेको छ ।जीप सडकभन्दा झण्डै तीनसय मिटर तल झरेको छ ।
समाचार ओनलाइन खबर बाट