|

अन्नपूर्ण हिमशृङ्खला बगेपछि भीषण बाढी, ९ को मृत्यु

पोखरा, वैशाख २३- कास्कीको माछापुच्छ्रे गाविसस्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर एक विदेशीसहित केही मानिसको मृत्यु भएको छ। आज बिहान ९ बजेतिर खसेको हिम पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुगेको प्रहरीले प्रारम्भिक विवरण दिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी शैलेश थापाले ८ जनाको शव भेटिइसकेको बताए। भेटिएका शवमध्ये एउटा विदेशीको र दुई वटा महिलाको छ।

जिल्ला प्रहरीका प्रवक्ता रवीन्द्र पौडेलका अनुसार अहिलेसम्म ५ जनाको शव फेला परेको छ। अन्य तीन दर्जनभन्दा बढी बेत्ता भएको अनुमान छ। यसबाहेक तीन जनाको उद्दार गरी मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये एक जना मोहन ताम्राकार हुन्।

बाढीले खारापानीस्थित तातोपानी बजारका करिब दुई दर्जन स–साना होटल बगाएको त्यहाँ पुगेका प्रहरी तथा सञ्चारकर्मीले जानकारी दिएका छन्। खारापानीस्थित बसपार्कमा रहेका तीन वटा ट्याक्टरसमेत बगाएको छ। पोखराको याम्दी क्षेत्रमा भर्खरै थप एक शव फेला परेको छ।

बिहान करिब ९ बजे खसेको हिमपहिरोको बाढी पोखरामा ११ बजे आइपुगेको छ। बाढी हेर्न पोखरा रामघाटमा हजारौं पोखरेली भेला भएका छन्। बाढी आएपछि रामघाटमा दैनिक बालुवा निकाल्ने सयौं मजदुर भागभाग भएको थियो।

यसैबीच बाढीका कारण तीन जना पर्यटकसमेत हराइरहेका छन्। बाढी प्रभावित क्षेत्र पूरै बगरमा परिणत भएको छ। आज शनिबार भएकाले पिकनिक मनाउन गएकाहरु पनि उक्त बाढीमा परेका अनुमान छ। थुप्रै घर र सवारी साधनसमेत हराएको मानवीय क्षति निकै भएको अनुमान प्रहरीले गरेको छ। प्रहरीका अनुसार ३ वटा ट्रक र एउटा ट्याक्टर पनि बगाएको छ। तर सबै विवरण भने आउन सकेको छैन।

प्रहरीले भेटिएका शव अंगभंग अवस्था फेला परेको जनाएको छ। एसपी थापाले माथिल्लो भेगबाट बाढीले बगाएर ल्याएपछि रामघाट, याम्दी, दोबिल्ला, बगर, लगायत क्षेत्रमा शव भेटिएको बताए। अलिहेसम्म भेटिएका शवमध्ये दुई वटा महिलाका छन्। दोबिल्लामा भेटिएको शव विदेशी नागरिकको रहेको सशस्त्र प्रहरी गणका गणपति एसपी सम्भुप्रसाद उप्रेतीले जानकारी दिए।

बिहान ९ बजेतिर हिमपहिरो खसेपछि आएको बाढीपछिको उद्वारमा कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईको नेतृत्वमा सेना, प्रहरी र सशस्त्रका विभिन्न टोली उद्वार प्रयासमा खटिएका छन्।

सशस्त्रका एसपी उप्रेतीका अनुसार अहिलेसम्म १० जनाको शव भेटिएको जानकारी प्रहरीले पाएको छ। उनले आफ्नो अगाडी मर्दीखोला किनारमा भर्खरै एक बालिकको शव फेला परेको छ। नदी वरपरका बस्तीका मानिसले घर छोडेर पाखातिर गएर बसेका छन्। प्रहरीले नदी वरपरका बासिन्लाई घर छोडर सुरक्षितस्थलतर्फ जान ठाउँ–ठाउँमा माइकिङ गरिरहेको छ। 

सेती नदीले मानिसका शव, घरायसी भाँडाकुँडा, गाई–भैंसी, ठूल्ठूला काठहरु बगाएर पोखरासम्म ल्याएको छ। नदीले बगाएको शव र सरसामान्न देख्दा खारापानी, सार्दीखोला, मर्दीखोला लगायत पोखराको माथिल्लो भेगमा बस्ती नै बगेको अनुमान गरिएको छ। सेती नदी आसपास क्षेत्रमा हुने सम्भावित दुर्घटनालाई ध्यान दिंदै उद्वारका लागि जिल्ला रेडक्रसको टोली पनि परिचालित भएको छ। 
हिम पहिरो यसरी देखियो


समाचार नागरिक न्यूज बा

Posted by Butwalonline on 11:37 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अन्नपूर्ण हिमशृङ्खला बगेपछि भीषण बाढी, ९ को मृत्यु"

Leave a reply