झापाका पत्रपत्रिका प्रकाशन दुई दिनसम्म बन्द हुने
झापा, जेठ ९ -झापाबाट प्रकाशित हुने दैनिक तथा साप्ताहिक समाचारपत्रका सम्पादकहरूको मंगलबार बसेको भेलाले देशव्यापी रुपमा पत्रकारहरूमाथि भएको आक्रमणको विरोध तथा असुरक्षाको कारण देखाउँदै दुई दिनसम्म पत्रपत्रिका प्रकाशन बन्द गर्ने निर्णय गरेको छ।तीन दिने नेपाल बन्दका क्रममा पछिल्लो दुई दिन भित्र ६ जना पत्रकारहरूमाथि कुटपिट र दुर्व्यवहार भएको छ। भेलामा झापाबाट प्रकाशित हुने सात दैनिक तथा सात साप्ताहिक समाचारपत्रका सम्पादकहरूको सहभागिता रहेको थियो।
समाचार नागरिक न्यूज बाट
समाचार नागरिक न्यूज बाट
