भोली रुपन्देहीका मीडियाहरूद्वारा समाचार प्रकासन तथा प्रसारण बंद
बुटवल,जेष्ठ ८ - बिभिन्न दल तथा संगठनहरुले गरेको दैनिक बंदका क्रममा संचार गृह तथा संचारकर्मीहरु माथि लगातार आक्रमण भईरहंदा पनि सरकार मूकदर्सक बनेको तथा संचार कर्मीहरुको सुरक्ष्या दिन नसकेकोले बिरोध स्वरुप भोली बिहान ५ बजे देखि बेलुकी ५ बजे सम्म रुपन्देहीका संपूर्ण एफएम स्टेशन तथा
टेलिभिजन च्यानेल हरुमा समाचार मूलक कार्यक्रमको प्रसारण बंद गरिने भएको छ | साथै रुन्देहीबाट प्रकाशन हुने संपूर्ण दैनिक पत्रिकाको भोलीको अंक प्रकाशित गरिने छैन | रुपन्देहीमा संचालित सूचना गृहका प्रमुख तथा संचार कर्मीहरु तथा पत्रकार महासंघ रुपन्देहीको आज बसेको बैठकले निर्णय अनुसार १ दिनको लागि समाचार बंद गर्न लागेको पत्रकार महासंघ रुपन्देहीका अद्यक्ष दीपक ग्यावलीले बताउनु भयो |
आज बंदकर्ताले रेडियो लुम्बिनीका कृष्ण नेपाल ,मेचिकाली दैनिकका पत्रकार तथा इंसेक प्रतिनिधि अमृत गिरी तथा लुम्बिनी सामुदायिक टेलिभिजनका भरत प्रधानको मोटरसाइकल तोड़फोड़ गरेक छन । रुपन्देहीमा हल १२ वटा एफ एम स्टेशन,२ वटा सामुदायिक
टेलिभिजन च्यानेल तथा ७ वटा दैनिक पत्रिका सञ्चालनमा छन |
Posted by Butwalonline
on 8:47 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response