उच्च सतर्कता अपनाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौ, जेष्ठ ८ - प्रधानमन्त्री बावुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा वसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले सम्भावित अप्रिय घटनाहरु रोक्नको लागि उच्च सर्तकता र संयमताका साथ काम गर्न निर्देशन दिए । प्रधानमन्त्रीका सहयोगी प्रशान्त लामिछानेलेका अनुसार जेठ १४ वरिपरी विभिन्न माग राखि आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिक रुपमै हल गरीने भए पनि सुरक्षा निकायहरु सर्तक रहनु पर्ने बताएका थिए ।
‘कसैले आन्दोलमा तोडफोड गर्ने र अराजक गतिविधि गर्ने काम गर्छन् भने त्यसलाई कडाईपुर्वक रोक्नुहोस’ प्रधानमन्त्रीले निर्देशनमा भने– ’प्रेस, मावअधिकारकर्मी, कुटनितीक नियोग माथि तोडफोड हिंसा गर्छ भने त्यसलाई गम्भीरतापुर्वक लिएर रोक्न र कारवाही गर्नुस ।’
आईतवार बन्दकर्ताहरुले प्रेस माथि गरेको आक्रमण अत्यन्त दुरभाग्यपुर्ण भएको पनि उनको भनाई थियो । कुनै पनि किसिमबाट मिडियामाथि आक्रमण हुन नपाओस् भन्दै प्रधानमन्त्रीले मिडियाकर्मीलाई पुर्ण सुरक्षा दिन निर्देशन दिएको लामिछानेले बताए ।
बन्दको क्रममा दैनिकरुपमा अतिआवस्यक वस्तुको आपुर्तिमा कमि आउन सक्ने तर्फ पनि उनले सचेत गराएका छन् । अत्यावस्क सामान खासगरी खाद्यान, औषधि, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आपुर्तिमा कमि आउन नदिने योजना बनाउन प्रधानमन्त्रीले निर्देशन थियो ।
यो समयमा सुरक्षाकर्मिहरुले दृढता र संयमता अपनाएर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले प्रतिगामी शक्तिहरुले जातीय हिंसा भड्काएर संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्ने, संविधानसभा विघटन गर्ने षडयन्त्र गर्न सक्ने तर्फ ख्याल गर्दै त्यस्ता तत्वहरुको विरुद्धमा सरकार गम्भिर ढंगले लाग्ने पनि प्रधानमन्त्रीको कथन थियो । ‘कुनै पनि बहानामा जातिय सद्भाव विथोल्ने, भड्काउने शान्ति र संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध गर्नेहरुका विरुद्ध सरकार कडाई पुर्वक प्रस्तुत हुनेछ’ उनले स्पष्ट पारे ।
आफ्ना मागहरु राख्दा शान्ति र संविधानिर्माण प्रक्रियामा असर पुग्छकी भन्ने तर्फ पनि ध्यान दिन प्रधानमन्त्रीले आन्दोलनकर्ताहरुलाई आग्रह गरे ।
वैठकमा गृहमन्त्री, मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
समाचार कांतिपुर बाट