सुदूरपश्चिम आम हडतालका कारण सर्बसाधारण लाई सास्ती
धनगढी, वैशाख ३१- सुदूरपश्चिम आम हडतालका कारण यातायात ठप्प हुदाँ उनीहरूजस्ता सयौंले सास्ती पाएका छन्। भारतका विभिन्न ठाउँमा मजदुरी गर्दै आएकाहरू केही साताको बिदा लिएर परिवार र बालबच्चासँग भेटघाट गर्न आए पनि बन्दले आत्तिएर फर्कन थालेका छन्।
डोटी सानागाउँका दानबहादुर खड्का बिरामी आमाको उपचार गर्न मुम्बईबाट ७ दिनअघि धनगढी आइपुगे। सवारीसाधन नचल्दा धनगढीबाट डोटी जाने उपाय भएन। गाउँमा रोगले आमा गल्दै गर्दा खड्का धनगढी बसपार्कमा सवारी साधन खोज्दै छटपटाइरहे। शनिबार धनगढी बसपार्कमै छँदा आमाले प्राण त्याग गरेको खबर सुन्नुपर्यो।
'घर गएर आमाको सकभर उपचार गरुँला, निको नभए पनि जन्म दिने आमासँग अन्तिम भेट गरुँला भनेर ७ दिनअघि यहाँ आइपुगेको हुँ,' खड्काले शनिबार धनगढीमा आँसु झार्दै भने, 'आमाको उपचार गर्ने धोको त पूरा भएन नै, भेटसम्म गर्न सकिनँ।'
सुदूर पश्चिम बन्दको १६ औं दिन भइसक्दा पनि गाडी चल्ने निश्चित नभएकाले किरिया गर्न घर जान पनि खड्कालाई समस्या भएको छ।
डोटी सिलगढीका डम्बर भण्डारी भारतको हैदराबादमा आमाको उपचार गरेर आमाबुबासहित धनगढी आएको आठ दिन भयो। सानो बच्चा र आमाबुवासहित चारजना बेखर्ची भएपछि ऋण काढेर भारत नै फर्कने सुर कस्दैछन्। उनी हैदराबादमै काम गर्छन्।
'आमाको उपचार गरेर घर पुर्याउन आएको हुँ, सबै खर्च सकियो, कहिले खुल्ने निश्चित छैन, के खाने, कहाँ जाने, अब हैदराबाद नै फर्कन्छु,' भण्डारीले भने।
डोटी काडामान्डौंका उदे बोगटी दुई साताको बिदा लिएर धनगढी आइपुगे पनि यत्तिका दिन बसपार्कमै अलपत्र परे। मजदूरी गरेर कमाएको पैसा सकिएपछि उनी शनिबार बिहान मुम्बई नै फर्किए।
'मेरो साथी उदे बोगटी फर्क्यो, पैसा पनि सकियो, बिदा पनि सकियो भनेर थुप्रैजना भारततिरै फर्केका छन्,' धनगढी बसपार्कमा अलपत्र लालबहादुर बोगटीले भने, '१५/१६ दिनदेखि सवारीसाधन नचल्दा अलपत्र परेका यात्रु बेखर्ची भएर सडकपेटीमा भोकै रात काट्दै छन्।'
धनगढीमा डेरा बस्ने विद्यार्थीले पनि भोकभोकै परेको बताएका छन्। 'खल्तीमा सुको पैसा छैन, घरबाट पैसा पठाउने उपाय छैन, तरकारी पनि किन्न पाएको छैन,' धनगढीमा डेरा गरी बसेका टीकापुरका तिलक कार्कीले भने, 'भोकभोकै हुनुपरेको छ।'
डडेलधुरा आलिताल घर भई धनगढीमा डेरा बस्ने शान्ति बिष्टले ग्यास र खाद्यान्न सकिएको बताइन्। 'घरबाट पठाएको पैसा बैंकमा छ, एटिएम बन्द हुँदा झिक्न पाएको छैन, खल्तीमा एकै रुपैयाँ पनि छैन,' उनले भनिन्, 'भोकभोकै परेकी छु।'
कतिपय विद्यार्थीले बन्दका कारण बीच बाटोमै रोकिएर परीक्षासम्म दिन पाएका छैनन्। 'भोलि आइतबारदेखि परीक्षा छ, गाडी नपाउँदा अब छुट्ने भयो,' धनगढीमै रोकिएकी बाजुरा त्रिशक्ती उच्च माविकी जानकी रावलले बताइन्। आफ्ना चार/पाँच जना साथीको पनि परीक्षा छुटेको उनले बताइन्। दिपायलमा लोकसेवाको परीक्षा तय भएका पनि अलपत्र परेका छन्।
सेती अञ्चल अस्पतालमा सुत्केरी भएकी कैलाली मालाखेतीकी भागा भुल एम्बुलेन्स नपाएर घर फर्कन पाएकी छैनन्। 'गरिब मान्छे, होटलबाट किनेर खान पैसा छैन, एम्बुलेन्स नपाएर घर जान पाएको छैन,' उनले दुख पोखिन्। हडतालले यस क्षेत्रमा यातायात, स्कुल, उद्योग, पसल, बैंक, एटिएम ठप्प छ। हवाई सेवा पनि बन्द छ।
बन्दले चामल, नुनतेललगायत दैनिक उपभोग्य सामग्री अभाव भएको छ भने अस्पतालमा अक्सिजन, सलाइन र औषधीसमेत छैन। सवारीसाधन नपाएर कतिपय बिरामीले पनि अस्पताल जान पाएका छैनन्।

समाचार नागरिक न्यूज बाट