अष्टे्रलियन सहयोगमा ट्राफिकलाई चश्मा उपलब्ध
काठमाडौं, जेष्ठ १३ - सेतो टोपी र टाइमा देखिने ट्राफिकलाई शुक्रबारदेखि चश्माको व्यवस्था गरेको छ । सडकको धुँवा र धूलोले आँखालाई असर नगरोस् भनेर दाताको सहयोगमा उपत्यकाका सबैजसो ट्राफिकलाई चश्माको व्यवस्था गरिएको हो ।
सडकमा ट्राफिक व्यवस्थापनका लागि खटिएका ट्राफिकले शुक्रबार अपराह्नदेखि चश्मा लगाउन थालेका छन् । तिलगंगा अस्पतालको पहलमा अष्टे्रलियन डाइरेक्ट एड प्रोजेक्टको आर्थिक सहयोगमा ट्राफिकलाई चश्मा उपलब्ध गराएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी गणेशराज राईले जानकारी दिए । नेपालका लागि अष्ट्रेलियन राजदूत सुसान ग्रेसले राईलाई चश्मा हस्तान्तरण गरेका हुन् ।
तिलगंगा अस्पतालमा शुक्रबार हस्तान्तरण भएको चश्मा अपराह्न महाशाखा मातहतको परिसर, वृत्त, प्रभाग र पोष्टका ट्राफिक प्रहरीलाई वितरण गरिएको थियो । महाशाखा कार्यालय मातहतमा उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको ट्राफिक व्यवस्थापनमा खटिने १ हजार १ सय ८ जना कार्यरत छन् । राईका अनुसार राजदूत ग्रेसले १ हजार ३ सय चश्मा हस्तान्तरण गरेका हुन् । महाशाखा मातहतमा ९ सय ६५ दरबन्दी भए पनि तालिमे र कागजमा आएका सहित गरी एक हजार एक सयभन्दा बढी कार्यरत छन । चश्मा लगाउन निर्देशन दिएको महशाखाले जनाएको छ ।यस वर्ष उपत्यकाका ट्राफिकलाई चश्माको व्यवस्था गरे पनि अगामी वर्षमा अन्य जिल्लाका ट्राफिक प्रहरीलाई व्यवस्था गरिने छ ।
समाचार कांतिपुर बाट
समाचार कांतिपुर बाट