गर्भावस्थामा महिलाले डाइटिङ गर्नु सुरक्षित
एक नयाँ अध्ययनले गर्भावस्थामा महिलाले डाइटिङ गर्नु सुरक्षित रहेको तथ्य पत्ता लगाएको छ । महिलाले गर्भावस्थामा डाइटिङ गर्दा त्यसको असर पेटमा रहेको बच्चालाई समेत पर्छ भन्ने पूरानो मान्यतालाई गलत सावित गर्दै पछिल्लो शोधले डाइटिङले गर्भको बच्चालाई कुनै असर नगर्ने निष्कर्ष निकालेको हो ।
बेलायती वैज्ञानिकहरुको एक टोलीले गरेको अध्ययनले आवश्यकता भन्दा बढि मोटाएका गर्भवती महिलाले सन्तुलित डाइटिङ गरेर आफ्नो तौल घटाउँदा त्यसले बच्चालाई घाटा भन्दा फाइदा बढि पुग्ने निष्कर्ष निकालेको हो । तर मोटाएपछि डाइटिङ गरेर वजन घटाउनुभन्दा सधै सन्तुलित भोजन गरेमा वजन समेत नबढ्ने तथा गर्भावस्था सम्बन्धि जटिलता पनि नआउने अध्ययनकर्ताहरुको सल्लाह छ ।
तथ्यांक अनुसार युरोप तथा अमेरिकामा २० देखि ४० प्रतिशत महिला गर्भावस्थाका दौरान आवश्यकता भन्दा बढि मोटाउँछन् । आवश्यकता भन्दा बढि वजन हुँदा मधुमेह, उच्च रक्तचापका साथै निर्धारित समयभन्दा पहिले बच्चा जन्मिने जस्ता समस्या उत्पन्न हुन्छन् ।
साभार ऑनलाइन खबर