|

मोबाइल फोनले हरेक वर्ष ५ हजार अमेरिकीको ज्यान जाने


मोबाइल फोनले हरेक वर्ष ५ हजार अमेरिकीको ज्यान लिने गरेको तथ्य पत्ता लागेको छ । गाडि चलाइरहेको बेला मोबाइल फोनमा कुराकानी गर्ने तथा म्यासेज पठाउने बानीका कारण हुने सडक दुर्घटनाले त्यतिधेरै संख्यामा मानिसको ज्यान जाने गरको हो । यसरी ज्यान गुमाउनेमध्ये धेरै किशोर किशोरी रहेका छन् ।
तथ्यांक अनुसार मोबाइल फोनको प्रयोगले सडक दुर्घटनाको जोखिम २३ प्रतिशतले बढाएको छ । गाडि चलाइरहेको बेला मोबाइल फोनमा कुराकानी भन्दा म्यासेज पठाउने कामले दुर्घटनाको जोखिम उच्च बनाउने अध्ययनकर्ताको भनाइ छ ।
 मोबाइलमार्फत म्यासेज पठाउदा चालकले हरेक ४.६ सेकेण्डमा आफ्नो मोबाइलमा हेर्ने गरेको र त्यस्तो बेला यात्राको धेरै समय ड्राइभरको आाखा सडकमा भन्दा पनि मोबाइलको स्त्रिmनमा हुने भएकाले दुर्घटना हुने सम्भावना बढि हुने अध्ययन टोलीका प्रमुख उविद होसान्कीले बताएका छन् । त्यस्तै मोबाइल फोनमा कुरा गर्दा पनि चालकको ध्यान अन्तै मोडिने र कल्पनाशील बन्ने हुनाले गाडिको नियन्त्रण गुम्ने सम्भावना धेरै हुन्छ ।
अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरुक्षा प्रशासनका अनुसार किशोरकिशोरी चालकहरुले गराउने दुर्घटना मध्ये १६ प्रतिशत दुर्घटना मोबाइल फोनकै कारण हुने गरेका छन् ।
साभार ऑनलाइन खबर 

Posted by Butwalonline on 11:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोबाइल फोनले हरेक वर्ष ५ हजार अमेरिकीको ज्यान जाने"

Leave a reply