|

गिनिज बुकमा सातौपटक रेकर्ड दर्तागर्दै एक नेपाली युवा

तस्बिरः विजय गजमेर
काठमाण्डौ,बैशाख ८-गिनिज बुक अफ बल्ड रेकर्डमा सातौपटक रेकर्ड दर्ता गर्ने अभियानमा लागेका छन सुनसरीका २२ बर्षका युवा थानेश्वर गुरागाई, उनले बिहीबार राष्ट्रिय खेलकुद परिषद् राखेपको परिसरमा नयाँ रेकर्ड बनाए ।
उनले मुखले टुथब्रसलाई च्याप्दै २२ दशमलब ४१ सेकेन्डसम्म ब्रसकै टुप्पोमा बास्केटबल घुमाईराखे । जुन वल्ड रेकर्ड भयो । त्यो रेकस यस अघि बेलायती नागरिक थोमस कोनर्सको नाममा रहेको थियो । कोनर्सले बास्केटबलाई टुथब्रसको टुप्पोमा १३ दशमलब ५ सेकेण्ड सम्म घुमाएका थिए ।
रेकर्ड बनाएको उक्त भिडियोलाई लन्डनस्थित गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा तीन दिन भित्र पुर्‍याउने यस अघि ६ पटक गिनिज बुकमा नाम लेखाएका थानेश्वरले भने रेकर्ड अनुसार आधिकारीक पत्र आउन ६ देखि ८ दिन लाग्न सक्ने उनले जानकारी दिएको खबर आजको कान्तिपुरले छापेको छ । अर्को रेर्कड बनाउने अभियान आफ्नो व्यासन भएको थानेश्वरले बताएका छन ।
समाचार ओनलाइन खबरबाट

Posted by Butwalonline on 8:24 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गिनिज बुकमा सातौपटक रेकर्ड दर्तागर्दै एक नेपाली युवा"

Leave a reply