|

वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेटमा भैरहवाको दोस्रो सफलता


काठमाडौं, वैशाख १२ - डिफेन्डिङ च्याम्पियन क्षेत्र नम्बर-४, भैरहवाले वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेटमा सोमबार लगातार दोस्रो जित दर्ता गरेको छ । उसले क्षेत्र नम्बर-५, नेपालगन्जमाथि ५ विकेटको जित निकाल्यो । समूह 'ए' मा रहेको भैरहवाको ४ अंक भयो ।
क्षेत्र नम्बर-६, बैतडीविरुद्ध मंगलबार खेल्नुअघि भैरहवा फाइनल पुग्नका लागि बलियो देखिएको छ । समूहबाट नेपालगन्ज भने लगातार दोस्रो हार बेहोर्दै फाइनल पुग्ने होडबाट बाहिरिएको छ । समूहमा रहेका क्षेत्र नम्बर-७, जनकपुर र बैतडीको समान २ खेलबाट उतिनै २ अंक छ । अर्को खेलमा जनकपुरले बैतडीलाई ३३ रनले हरायो ।
कीर्तिपुर मैदानमा भैरहवाविरुद्ध पहिले ब्याटिङ गरेको नेपालगन्जले ४७ ओभरमा अलआउट हुँदै १ सय ५१ रन बनायो । उसका अमर सिंहले सर्वाधिक ३२ रन जोडे । वासिम हल्वाईले २४ रन बनाए । बलिङमा भैरहवाका विवेक चौधरी, इकलाख अहमद वार्सी र देवेन्द्र सोमरेले समान ३-३ विकेट लिए । जवाफमा भैरहवाले ३३ ओभर २ बलमा ५ विकेट क्षतिमा १ सय ५५ रन बनाएर जित हासिल गर्‍यो । उसका किरण पाण्डेले सर्वाधिक ३८ रन बनाए । कृष्ण सेनले ३७ रन बटुले । कप्तान निर्मल थापाले २३ रन जोडे । बलिङमा नेपालगन्जका सिद्धान्तराज शाहीले २ विकेट लिए ।
इन्जिनियरिङ मैदानमा बैतडीवरुद्ध पहिले ब्याटिङ गरेको जनकपुरले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७९ रन बनायो । उसका अभिषेक झाले नटआउट ३७ रन जोडे । हरिशंकर साहले २७ रन जोडे । बलिङमा बैतडीका दीपेन्द्र चन्दले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभर ४ बलमा १ मेडनसहित ३१ रन दिए । जवाफमा दीपेन्द्र ब्याटिङमा चम्केर ३९ रन जोडे पनि बैतडीलाई जित दिलाउन सकेनन् ।
बैतडी ३६ ओभर १ बलमा १ सय ४६ रनमै समेटियो । उसका कप्तान सुरेन्द्र चन्दले ३९ रन जोडेका थिए । बलिङमा जनकपुरका गोपाल सिंहले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडनसहित २३ रन खर्चे ।
समीर नेपालले ३ विकेट हात पारेका थिए ।
यू-१९ राष्ट्रिय क्रिकेट
समूह "ए"
टिम        खेल    जित    हार    अंक
भैरहवा    २    २    ०    ४
बैतडी    २    १    १    २
जनकपुर    २    १    १    २
नेपालगन्ज    २    ०    २    ०
 साभार :कांतिपुर समाचार 

Posted by Butwalonline on 8:35 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेटमा भैरहवाको दोस्रो सफलता"

Leave a reply