सेक्सको मज्जा लुट्नेमा कम्युनिष्ट अगाडि
भनिन्छ यो दुनियाका हरेक कुरामा राजनीति घुसेको छ । राजनीतिले राजादेखि रंकसम्मलाई प्रभाव पारेको छ । नुनदेखि सुनसम्मका हरेक उपभोग्य पदार्थमा राजनीतिको असर देखिन्छ । मान्छेका क्रियाकलाप र जिवनशैली पनि राजनीतिबाटै प्रभावित हुन्छन् । हुँदाहुँदा मान्छेको सेक्स गर्ने स्टाइलमा समेत राजनीतिको प्रभाव पर्ने रहेछ भन्ने कुरा हालै पत्ता लागेको छ ।
प्रmान्समा गरिएको एक सर्वेक्षणले कुनैपनि व्यक्तिको यौनक्रिडाप्रतिको चाहना तथा सम्भोगको आसन र अन्य सेक्स स्टाइलहरु समेत उसको राजनीतिक विचारधाराबाट निर्देशित हुने तथ्य पत्ता लगाएको हो ।
प्रmान्समा भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनको दौरान एक संस्थाले मतदाताहरुसँग कुराकानी गरेर यस्तो तथ्य पत्ता लगाएको हो । सर्वेक्षणका अनुसार यदि कुनैपनि व्यक्ति आफ्नो यौनजीवनबाट सन्तुष्ट छैन भने उसले बढि चर्का कुरा गर्ने वा बागी उमेद्धारलाई भोट दिन चाहन्छ । सर्वेक्षणले प्रmान्सका ३५ प्रतिशत जनता आफ्नो यौनजीवनबाट सन्तुष्ट रहेको र त्यसरी यौनसन्तुष्टी प्राप्त गर्नेहरुको वामपन्थी विचारधाराप्रति झुकाव रहेको पाइएको छ । उनीहरुले वामपन्थी उमेद्धारलाई चुनावमा भोट हाल्ने बताएका थिए । अध्ययनले दक्षिणपन्थी तथा मध्यमार्गी राजनीतिक विचारधारा हुने व्यक्तिको यौनजीवन खासै सुखी नभएको देखाएको छ ।
अझ अर्को रोचक कुरा त के भने कट्टर वामपन्थी विचारधारा बोक्नेहरु सेक्सको मामिलामा निकै उदार हुन्छन् । कट्टर वामपन्थीहरुमध्ये धेरैले पार्टनर फेरीफेरी सेक्स गर्ने गरेको बताएका छन् । वास्तवमा वामपन्थीहरु साझेदारीमा विश्वास गर्ने भएकाले उनीहरुले यौनसाथीको मामिलामा पनि धेरैसँग साझेदारी गर्ने गरेका अध्ययनकर्ता संस्थाका प्रmेन्कोइस क्राउसले बताए । यस्तै वामपन्थी विचारधाराका महिलाहरु सेक्सको मामिलामा अझै धेरै उदार हुन्छन् । उनीहरुले सेक्सलाई सामान्य रुपमा लिने गरेका सर्वेक्षणले देखाएको छ । तर दक्षिणपन्थी तथा मध्यमार्गीहरु भने पारिवारिक र परम्परावादी हुने भएकाले सेक्सको विषयमा स्वच्छन्दालाई खासै स्विकार्दैनन् ।
स्रोतः अनलाईन खबर