|

बच्चालाई व्यायामपछि मात्र टिभी


काठमाडौ, चैत्र २५ - बेलायती विशेषज्ञहरूले गरेको एउटा अनुसन्धानले पूर्ण व्यायाम गर्ने बच्चालाई लामो समयसम्म टेलिभिजन र भिडियो गेम उपयोग गर्नुले खासै कुप्रभाव पर्दैन ।
पूर्ण व्यायामको अर्थ दिनहुँ एक घन्टा समय दिनु हो । यो अनुसन्धान जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन -जामा) मा प्रकाशित छ । एक घन्टा व्यायाम गर्ने बच्चालाई तीन/चार घन्टासम्म टिभी वा भिडियो गेमले स्वास्थ्यमा खासै नकारात्मक असर गर्दैन । अनुसन्धान अनुसार बच्चा जति बढी व्यायाम गर्छन् त्यति नै उसको कोलेस्ट्रोलको स्तर, रक्तचाप र कम्मरको आकारमा सुधार आउँछ ।
युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाको स्कुल अफ हेल्थ साइन्सको प्राध्यापक टिम ओल्डसको प्रारम्भिक अध्ययन अनुसार एउटा निश्चित समयसम्म व्यायाम गर्‍यो भने घन्टौं
बसेर काम गर्नुले समेत बेफाइदा गर्दैन ।
अध्ययन अनुसार चारदेखि १८ वर्ष उमेरका बच्चा यदि शारीरिक रूपले सक्रिय छन् भने कति समय उनीहरूले निरन्तर एकै ठाउँमा बसेर टेलिभिजन हेरेका छन् यसले खास फरक पार्दैन । तर वयस्कका लागि भने यो तथ्य पूर्ण विपरीत छ । २० देखि ४० वर्ष उमेरका व्यक्तिको बढी समय एक ठाउँमा बसेर काम गर्नु राम्रो होइन ।
नतिजाका लागि २० हजार बच्चा र वयस्कमा अध्ययन गरिएको थियो । यस अन्तर्गत ७५ प्रतिशतको तौल सामान्य थियो भने १८ प्रतिशत बढी तौलका सिकार थिए । ७ प्रतिशत मोटोपनाग्रस्त थिए । अनुसन्धान अनुसार बच्चालाइ शारीरिक गतिविधिका लागि प्रेरित गर्नुपर्छ ।
साभार :कांतिपुर दैनिक 

Posted by Butwalonline on 8:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बच्चालाई व्यायामपछि मात्र टिभी"

Leave a reply