रुपन्देहीमा बस र जिप ठोक्किदा ६ जनाको मृत्यु
बुटवल, चैत्र २५ - रुपन्देहीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा हुनेको संख्या ६ पुगेको छ । । ११ जना घाइते भएका छन् । पश्चिमतर्फ जाँदै गरेको को.१.ख ३११५ नम्बरको बस र हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु.१.ज १४८ नम्बरको जिप पर्रोहा गाविस मुर्गिया स्थित महेन्द्र राजमार्गमा बिहान साढे ५ बजे ठोक्किएको हो । ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । अर्को १ जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । रुपन्देही दुध्राक्ष गाविसका ६४ वर्षीय टिकाराम चापागाईको अस्पतालमा निधन भएपछि मृतकको संख्या ६ पुगेको छ । मृत्यु भएकामध्ये स्याड्जा फेदीखोलाका २२ वर्षीय दीपेश पौडेल, रुपन्देही गजेडीका ४० वर्षीय दिपक परियार र रुपन्देही रुद्राक्ष ६ का जागेश्वर चापागाई सनाखत भएको छ । एक महिला सहित अन्य दुई जनाको सनाखत हुन नसकेको क्षेत्रिय ट्राफिक कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी अंचल अस्पतालमा उपचार भइरहेको छ ।तीन जनाको अबस्था गम्भीर रहेको क्षेत्रिय ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।मृत्यु र घाइते हुने सबै जीपका यात्रु रहेको प्रहरीले जनाएको छ ।
स्रोत :कान्तिपुर दैनिक
स्रोत :कान्तिपुर दैनिक