सुकुम्बासीलाई आजबाट राहत रकम बाँडिने
काठमाडौं, वैशाख १४- स्थलगत निरीक्षणमा पहिचान भएका थापाथली क्षेत्रको सुकुम्बासीलाई आजबाट राहत रकम बाँडिने भएको छ। सहरी विकास तथा भवन निर्माण विभाग काठमाडौं डिभिजन कार्यालयले रकम बुझ्न उनीहरूलाई एक साताको म्याद दिएको छ |
कार्यालयले बुधबार सुचना निकाली वैशाख २० सम्म रकम बुझिसक्न भनेको छ। स्थलगत पहिचान भएका ३८ परिवारबाहेकलाई विभागले पहिचानपछि रकम भुक्तानी गर्नेछ।
कार्यालयले बुधबार सुचना निकाली वैशाख २० सम्म रकम बुझिसक्न भनेको छ। स्थलगत पहिचान भएका ३८ परिवारबाहेकलाई विभागले पहिचानपछि रकम भुक्तानी गर्नेछ।
उपत्यका बाग्मती नदी किनारका सुकुम्बासी हटाउन वैकल्पिक व्यवस्था नभएसम्मका लागि राहतस्वरूप १५ हजार रकम उपलब्ध गराउने निर्णय सरकारले दुई महिनाअघि नै गरेको थियो। पहिलोचरणमा स्थलगत पहिचान गरिएका परिवारलाई रकम बाँडिएपछि बैठक बसेर अन्यलाई पनि राहत बाँडिने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतले जनाए।वैशाख ३ गते सकुम्बासीको अवरोधपछि रोकिएको स्थलगत पहिचान चाँडै सुरु हुने उनले बताए। त्यतिबेला सो दिन सुकुम्बासीले निरीक्षणमा गएको टोलीको फाइलै खोसेका थिए। विभागमा थापाथली क्षेत्रबाट सुकुम्बासी दाबी गर्दै निवेदन दिएका ६७ परिवार र घरमध्ये आइतबार ३८ को पहिचान भएको थियो।
समाचार नागरिक न्यूज बाट