|

जेसिजको एरिया भेलाको तयारी तिब्र वालिङमा पत्रकार सम्मेलन सम्पन्न


राधाकृष्ण डुम्रे,स्याङजा,वैसाख १३ -वालिङ जेसिजको आयोजनामा हुन लागेको नेपाल जेसिज एरिया ख को सम्मेलनको तयारी तिब्र पारिएको छ । नेपाल जेसिजका क ख ग र घ गरी चार ओटा शाखाहरु रेहका र आगामी वैसाख २३ र २४ गते वालिङमा हुने सम्मेलनमा एरिया ख का २३ वटा शाखाका पदाधिकारीहरु सहित देशभरवाट सहभागिता रहने  आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गर्राईएको छ ।

पत्रकार सम्मेलामा वोल्दै वालिङ जेसिज २०१२ का अध्यक्ष एवं सम्मेलन आयेाजक समितिका संयोजक दिपक लम्सालले वालिङ वासीको पहिचान पर्ूव मेची देखि पश्चिम महाकाली सम्म फैलाउने अभियान अर्न्तर्गत एरिया सम्मेलन गर्न लागिएको जानकारी दिनु भयो । उहाँले देशभरका युवाहरुको जमघट वालिङमा हुने भएकाले पनि वालिङ तथा स्याङजालाई हर्ेने दृष्टिकोण देशभर राम्रो रहने स्पष्ट पार्नु भयो । उहाँले सम्मेलन सफल पार्नका लागि सवैलाई अनुरोध समेत गर्नु भयो ।
अध्यक्ष लम्सालले एरिया सम्मेलनमा जेसिजको उद्देश्य अनुरुप विविध कार्यक्रम ,सेमिनार,सम्मान गरिने वताउनु भयो । उहाँले जेसिजको केन्द्रिय वैठक समेत वालिङमा वस्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

उहाँले जेसिज खुला विश्व विश्वविद्यालय भएको वताउनु भयो अध्यक्ष लम्सालले  आफै काम गरेर आफूलाई परिवर्तन गर्न चाहन्ो व्यक्तीहरु जेसिजमा रहने हुदाँ सवै उपसमितिहरुले पनि उत्साह जनक तरिकावाट काम गरिरहको जानकारी दिनु भयो ।

कार्यक्रममा वोल्दै वालिङ जेसिजका महासचिव होमकान्त गौतमले एरिया सम्मेलनको तयारी त्रि्र रुपमा भईरहकेा वताउनु भयो । उहाँले देशभरका झण्डै पाँच सय युवा सम्मेलनमा सहभागि हुने वताउनु भयो । महासचिव गौतमले विभिन्न शाखाहरुसँग सर्म्पर्क तथा समन्वय गर्ने काम पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ स्याङजाका उपसभापति एवं एरिया सम्मेलनका प्रचार प्रसार उपसमितिका संयोजक राधाकृष्ण डुम्रे,वालिङ जेसिजका पर्ूव अध्यक्ष अमृत अर्याल, स्वागत सत्कार उपसमितिका संयोजक रेखा थापा,रजिष्ट्रेसन व्यवस्थापन उपसमितिका संयोजक शान्ता थापा लगाएतले वोलेका थिए ।यसअधि एरिया सम्मेलन भव्य रुपमा सम्पन्न गर्न भन्दै  विभिन्न २२ ओटा उपसमितिहरुको गठन गरिएको थियो ।

Posted by Anonymous on 6:46 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जेसिजको एरिया भेलाको तयारी तिब्र वालिङमा पत्रकार सम्मेलन सम्पन्न"

Leave a reply