साउदी अरबमा नेपाली कामदारको न्यूनतम तलबमा बृद्धि हुने
काठमाडौं, वैशाख १२- नेपाली दूतावासको सिफारिसमा साउदी अरबमा काम गर्न जाने नेपाली कामदारको न्यूनतम तलब २२ हजार बनाउन सरकारले तयारी सुरु गरेको छ। कम तलबमा विदेश जाने कामदारले जाँदा लागेको खर्च तिर्न नसक्ने अवस्था आएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले यसबारे सरोकारवाला व्यवसायीहरुसँग आइतबार छलफल गरेको थियो। व्यवसायीहरु भने तलव बढाउँदा समस्या आउने बताउँछन्।
साउदीस्थित नेपाली दूतावासले कामदारको न्यूनतम तलब एक हजार रियाल पुर्याउन प्रस्ताव गरेपछि मन्त्रालयले सबै सरोकारवालालाई डाकेर छलफल गरेको हो। मंगलबार पनि थप छलफल गरिदैंछ।साउदीका रोजगारदाताहरुनेपाली कामदार हरुलाई न्यूनतम तलब १००० /- उपलब्ध गराउन राजी भएको बताउनु हुन्छ राजदूत पाण्डे ।
स्रोत :नागरिक न्यूज