जनजाति महासंघद्वारा तराई बन्द,दूध बोकेको गाडी तोडफोड
दाङ, वैशाख १२ - संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै तराई बन्द आह्वान गरेको आदिवासी जनजाति महासंघका कार्यकर्ताले दाङको घोराहीमा एउटा गाडी तोडफोड गरेका छन्। बन्दको अवज्ञा गरेर चलाएको भन्दै वन्दकर्ताहरुले घोराहीमा दूध बोकेको बा ७ च २८१७ नम्वरको गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बन्दकर्ताहरुले गाडीको सिसा फुटाइदिएका छन्। यसैबीच गाडी तोडफोड गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।
आदिवासी जनजाती महासंघले आव्हान गरेको तराई बन्दका कारण मंगलबार विहानै देखि तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका कारण तराईका अधिकाँस क्षेत्रमा यातायातका साधन नचल्दा लामो तथा छोटो दूरीको यात्राको तयारी गरेका सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।
स्रोत :नागरिक न्यूज