दुबईमा नवबर्ष२०६९ को शुभकामना आदानप्रदानसंगै सांगीतिक रमझम
लालबहादुर ढेंगा,यूएई-दुबई वैशाख २ -२०६८ साललाई बिदाई गर्दै नयां बर्ष२०६९ को पूर्वसन्ध्याको अवसरमा दुबईको एभरेष्ट होटलमा शुभकामना आदानप्रदानसंगै विविध सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रवासमा पनि आफ्नो रितीरिवाज र परम्परा अनुसार नेपाली नयां वर्षाई नयां जोश र नयां उमंगका साथ सांगीतिक माहौलमा मनाएका छन् । सो कार्यक्रम हिजो १३ अप्रिल शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा बागलुङ सेवा समाज यर्ुर्एइको आयोजनामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली एकता समाज यूएईका अध्यक्ष मानबहादुर थापा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता अध्यक्ष गोपालप्रसाद कंडेलले गर्नु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका कार्यक्रमलाई सोही समाजका सचिव केदारसिंह नेपालीले संचालन गर्नु भएको थियो ।
नेपाली राष्ट्रिय गीतको साथ मानबहादुर थापा र गोपाल कंडेलले दीप प्ररोजलन गरि थालनी गरिएको कार्यक्रममा उपाध्यक्ष कृष्ण केसीले स्वागत मन्तव्य राखेका थिए । बागलुङ सेवा समाज यूएईका क्षेत्रीय प्रमुखहरुले आ-आफ्ना मन्तव्यका साथ आफ्नो क्षेत्रीय संगठनका कार्यबिवरणहरु समेत सुनाएका थिए । सबै वक्ताहरुले बागलुङवासीहरुका मात्र समाज नभई सम्पर्ूण्ा नेपालीहरुको साझा समाजको रुपमा लिनु पर्नेमा जोड दिए ।
यूएईका स्थानीय ख्यात्रि्राप्त गायक र्सर्ूय केसीले गाएको रंक्तिम गीत "वरको डाली सुकेर गयो...। मैना चरी बस्ने ठाउं छैन्... ।।,, भन्ने गीतले मन्त्रमुग्ध बनाएको थियो भने आफ्नै एल्वमको गीत "किन किन सम्झना आउंछ.....। झझल्कोले दिन रात सताउंछ.....।।,, गीतले भने दर्शकहरुलाई नाच्नसम्म बाध्ये तुल्याएको थियो । त्यस्तैगरी विभिन्न कलाकारहरुको विभिन्न प्रस्तुतिले सुनमा सुगन्ध थपिदिएको थियो ।
सोही अवसरमा सामाजिक, पत्रकारिता र सांस्कृतिक क्षेत्रमा आफ्नो विभिन्न योगदान दिने व्यक्तिहरुलाई खादा र प्रशंसा-पत्र दिएर सम्मान गरेका थिए । आफ्नो मन्तव्यको क्रममा नेपाली एकता समाज यूएईका अध्यक्ष तथा बागलुङ सेवा समाज यूएईका वरिष्ठ सल्लाहकार मानबहादुर थापाले समाजिक क्षेत्रमा योगदान दिनेहरलाई धन्यबाद दिदै अझै सशंक्त रुपमा लाग्नु पर्नेमा जोड दिनु भयो । त्यस्तैगरी अध्यक्ष गोपालप्रसाद कंडेलले बागलुङवासीहरुले सक्रियता जनाउंदै ५०० जनाले सदसयता र २० जनाले आजीवन सदस्यता लिएकोमा आभार व्यक्त गर्दै आगामी दिनहरमा अझै सक्रियता हुनुपर्नेमा जोड दिनु भएको थियो ।

