|

सधैं मूला खाऔं, सधैं तन्दुरुस्त रहौं


मुलाले भोज्य पदार्थ पचाउँछ । आयुर्वेदले यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु राख्छ । अनेक रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ ।
मुलामा किसिम किसिमका खनिज पदार्थ पाइन्छन् । यो रक्त शोधक समेत हो । आयुर्वेद अनुसार, मासिक धर्ममा गडबडीका कारण अनुहारमा डन्डिफोर निस्कने समस्याबाट ग्रस्त युवतीहरूले दिनहुँ मुला खानु लाभदायक हुन्छ ।
मुलाले रगत सफा मात्रै गर्दैन, रक्त सञ्चारमा समेत लय ल्याउँछ । यसले छालामा भएका दाग वा पोतो निको पार्छ । मुलामा गन्धक हुन्छ, त्यसैले यसको गन्ध नै धेरै प्रकारका रोग निको पार्न सहायक हुन्छ ।
मुलामा भिटामिन 'ए' पनि पाइन्छ । त्यसै कारण यो तरकारी आँखाका लागि फाइदाजनक छ । आयुर्वेद अनुसार, जाडो याममा सधैं बिहानपख एउटा मुला खानेहरूको आँखाको ज्योति वृद्घावस्थासम्म राम्रो हुन्छ, आँखालाई अन्य रोगले पनि हतपती सताउँदैनन् ।
अब त गर्मी याम लागिसक्यो, तैपनि मुला सेवन गरी अनेकानेक फाइदा लिन सकिन्छ ।  मुला  हरेक प्रकारको पाइल्स -बवासिर) हटाउन लाभदायक मानिन्छ । मृगौलाको खराबीले पिसाब बन्न बन्द भए मुलाको रस सेवन गर्नु अत्युत्तम
हुन्छ । यो मधुमेहमा पनि लाभकारी हुन्छ । यो हरेक मौसममा पाइए पनि चिसो याममा पाइने चाहिँ उत्तम गुणस्तरको मानिन्छ ।  
मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण हुने आयुर्वेदमा उल्लेख छ । यसले शरीरको गुमेको ऊर्जा फिर्ता ल्याउन सहायता गर्छ । छालामा चाउरी भएकाहरूले सधैंसधैं मुला खाने गरे शरीरको चमक पूर्ववत् हुन बल मिल्छ ।                 
एक सय ग्राम मुलामा प्रोटिन ०.७ ग्राम,  कार्बोहाइड्रेट ३.४ ग्राम, बोसो ०.१ ग्राम, ऊर्जा १७ मिलिग्राम, खनिज ०.६ ग्राम, क्याल्सियम ३५ मिलिग्राम, फाइबर ०.८ ग्राम, फस्फोरस २२ मिलिग्राम, नायसिन ०.५ मिलिग्राम, भिटामिन सी १५ मिलिग्राम, आइरन ०.४ मिलिग्राम, क्यारोटिन ३ मिलिग्राम, थायमिन ०.०६ मिलिग्राम, राइबोफ्लोबिन ०.०२ मिलिग्राम र पानी ९४.४ ग्राम हुन्छ । त्यसैले, सधैं मूला खाऔं, सधैं तन्दुरुस्त रहौं ।
साभार :कांतिपुर (२०६९ वैशाख २  मा प्रकाशित)

Posted by Butwalonline on 2:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सधैं मूला खाऔं, सधैं तन्दुरुस्त रहौं"

Leave a reply