|

सहज छैन वैदेशिक रोजगार


मीन प्रकाश उप्रेती,सउल(कोरिया) चैत्र ११ - पाल्पा ठिमुरे  ४ निबासी २७ वर्षीय सुर्य बाहादुर राना  मजदुर भिसामा कोरिया प्रवेशकोलागि भाषा परीक्षा उतीर्ण हुदा सारै खुसी थिए, । अझ मेडिकल पास भएर कोरियामा कामकालागी कम्पनीबाट नाम प्रकाशमा आए पछि त उनीमा हर्षको सीमानै रहेन । तर ती खुशीहरु कोरिया प्रवेश गरेको चार महिना बित्न नपाउँदै अचानक निराशामा परिणत भईदियो ।
हशिलो अनुहार भएका सुर्य  मुटुभरि देश र परिवारको माया बोकि ,सुखी संसारको कल्पना लिएर बिरानो ठाउकालागि  हातका दस ओैला जोड्दै बिदा भएको केही समय बित्तन नपाउदै  त्यही हातका ओैला गुमाउनु परेकोमा आफ्नो गरिबीलाई धिक्कार छन् ।
धेरै पैसा कमाइ परिवारलाई सुखी राख्ने सपना बोकेर दस महिना अघि कोरिया प्रवेश गरेका सुर्यले केही महिना बित्न नपाउँदै उनी काम गर्दै गरेको मेशिनको चेनमा चेपिएर दाहिने हातका तिनवटा ओैला गुमाएका छन ।
सानैमा बुबाको निधन पछि सुर्यको गरिव परिवारमा आर्थिक संकटले झनै जरा गड्यो  दुख शुख गरि आमाले हुर्काएको पांच जना परिवारका उनि जेठा छोरा हुन । आफुले सानामा भोगेका दुखलाई सम्झदै गहभरि आशु पार्दै सुर्य भन्छन आमा बाबुले कतै चोट नलगाई हुर्काएको थियो तर  आज कोरियाको बैदेशिक यात्राले मेरो जिवनमा सादाको लागि चोट लाग्यो ।

उनि अहिले काम गर्ने सक्ने अवस्थामा छैनन  । छ महिना भै सक्यो आरमका लागि बसेको  अब अझै कति बस्नु पर्ने हो थाहा छैन अनले अगाडि भने बैदेशिक रोजगार सहज रहेन छ ।यसरि  दुर्घटनामा परी अपाङ्ग हुने नेपालीको सङ्ख्यामा वृद्धि भर्इरहेको छ। कंम्पनीमा काम गर्दा मेशीनमा च्यापीएर , धारीला हतियारले काटेर ,केमीकल र व्यतिगत लापर्वाईको कारणले गर्दा यस्ता घटना हुनेगरेका छन्।

ईम्पलाइमेन्ट परमीट स्टम र टेनिङ्ग भिषा बाट रोजगारको लागी दक्षिणकोरीया आएका नेपालीहरू अन्यदेशको तुलनामा बढी दुर्घटनामा परी अङ्गभङ्ग हुने गरेका हुन। यसरी दुर्घटना पर्नेहरु अघीकांशले आफू दुर्घटनामा परी अङ्गभङ्ग भएको कुरा सार्बजनिकगर्न चाहादैनन । हाल सम्म १० जाना नेपाली श्रमिकले दुर्घटना र आत्मा हत्याबाट   कोरियामा ज्यान गुमार्इ सके भने दर्जनोँ अपाङग भएका छन् । नेपालमा श्रमबिभागले गराउने तालिम  मा कमी भएको र त्यसबाट नेपाली कामदारले कुनै ज्ञान लिन नसक्ने हुदा उक्त निकायलाई अब आउने कामदारहरु लाई समंधीत काम सम्बन्धी राम्रो तालिम र जानकारी गराउनु अनिर्वय भएको सुर्य बताउछन। कोरियाको भौगोलिक ,समाजीक र सांस्कृतिक तथा शिपमुलक तालिम गराउनु आज कोरियाको लागि आवश्यक भएको छ ताकि अब  आउने नेपाली श्रमिकले यो नियतिको सिकार हुनु नपरोस सूर्यको भनाई थियो ।

यसै गरि  दक्षिण कोरिया स्थित  श्रम सहचारि कृष्ण हरी पुस्करले नेपालमा गराईने तालिममा कमि रहेको बताउनु भएको छ । पुस्करले कोरियामा कामगर्न आउने नेपाली कामदार हरुलाई तालिम र ज्ञानको कमी रहेको बताउदै आफुले  श्रमंमन्त्रालयलाई यस समनन्धी जानकारी गराई सकेको जनाउनु भएको हो  । कामदार समेतले निजी सुरक्षाप्रती सचेत र आत्माबल बलियो बनाएर कामको लागी विदेश  लाग्नु अनिर्वय छ  पुसकरले अगाडि भन्नु भयो कोरियन सरकारले दिने तालिमको  पाठ्यक्रममा समेत कमि भएको बताउदै प्रवाभकारि तालिमको लागि अनुरोध गरि सकिएको छ

Posted by Butwalonline on 6:57 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहज छैन वैदेशिक रोजगार"

Leave a reply