बादलले जेठ १४ को आसपासमा शहरकेन्द्रीत फौजी आक्रमण गर्ने
काठमाडौं , चैत्र १५ - माओवादी महासचिव रामबहादुर थापाले जनविद्रोहका लागि फौजीलगायत सबै संरचना तयार गर्नुपर्ने बताएका छन् । उपाध्यक्ष मोहन वैद्य पक्षधर थापाले आफ्नो पार्टी 'नव एमालेकरण' भएको उल्लेख गर्दै षड्यन्त्र भए विद्रोहमा जानुपर्ने जनाएका छन् ।
संस्थापनले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नभई छुट्टै कार्यक्रम गर्दै आएको वैद्य पक्षले सरकार र पार्टी संस्थापनविरुद्ध घोषणा गरेको आन्दोलन स्थगित नगर्ने उनले उल्लेख गरे ।
राजधानीको नयाँबजारस्थित जुडो हलमा वैद्य पक्षका नेवाः राज्यअन्तर्गत करिब ५ सय नेता तथा कार्यकर्तालाई मंगलबार प्रशिक्षण दिँदै उनले सबै तयारी गर्न निर्देशन दिएको सहभागी एक नेताले जानकारी दिए । 'हामीले सबै मोर्चालाई तयारी अवस्थामा राख्नुपर्छ,' उनले भने, 'हाम्रो फौजी, संयुक्त मोर्चालगायत सबै संरचना तयार छ ।
आवश्यकताअनुसार हामी सबै मोर्चालाई प्रयोग गर्नेछौं । नयाँ एमालेको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।' पछिल्लो समयमा वैद्य पक्षले स्वैच्छिक अवकाशमा गएका लडाकुलाई संगठित गरी सैन्य संगठन, सचिव सीपी गजुरेलको संयोजकत्वमा साना पार्टीसँग मिलेर संयुक्त मोर्चा गठन गरिसकेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले सहमति गर्दैमा द्वन्द्व समाप्त नहुने उल्लेख गर्दै उनले आफ्नो पक्षले पनि सबै दलसँग संस्थापनजस्तै समानान्तर ढंगले वार्ता गरिरहेको बताए । 'प्रचण्ड, झलनाथ, सुशील कोइरालाले सहमति गर्दैमा द्वन्द्व समाप्त हँुदैन । यदि भयो भने त्यो कागजमा मात्र सीमित हुनेछ,' उनको भनाइ थियो, 'हामीले पनि अन्तर्राष्ट्रिय निकाय, राजनीतिक दलसँग वार्ता गरिरहेका छौं ।' उनले संस्थापन माओवादीजस्तै आफ्नो पक्ष पनि समानान्तर पार्टी भएको तर्क गरेका थिए । घोषित कार्यक्रम रोकेर संस्थापनसँग वार्ता नगर्ने थापाले बताए । महासचिवले केन्द्रीय समितिको बैठक बोलाउने प्रावधान भएको समेत उनले उल्लेख गरे । उनले संस्थापनले बोलाएको केन्द्रीय समितिलाई 'गुट' बैठकको संज्ञा दिए ।
'केन्द्रीय समिति बैठक अवैध हो,' उनले भने, 'एउटा गुट र विचार समूहको बैठक हो । त्यस्तो बैठक भएको भन्डाफोर गर्छौं ।' उनले दाहालसँगको कुराकानीमा बैठक नगरी पहिलेका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको जानकारी दिए । सम्मानजनक शान्ति प्रक्रिया र जनसंविधानको पक्षमा आफ्नो समूह भएको तर संस्थापनले आत्मसमर्पण गरेकाले त्यसको सम्भावना न्यून हुँदै गएको बताए । वैद्यपक्षले अवकाश गएका, अनमिनले अयोग्य प्रमाणित गरेका पूर्वलडाकुलाई पनि आन्दोलनमा लगाउने निर्णय गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा दुई सय जना कार्यकर्ता परिचालन गर्ने निर्णय पनि उक्त पक्षीय नेवाः राज्य समितिले गरेको छ । वैद्य पक्षीय सचिव सीपी गजुरेल पूर्वी नेपाल र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द पश्चिम जिल्लामा प्रशिक्षण चलाउँदै हिँडेका छन् । यसैबीच, वैद्यपक्षसँग वार्ता गर्ने भन्दै मंगलबारको केन्द्रीय समिति बैठक बुधबारसम्मलाई स्थगित भयो । संस्थापन पक्ष चुप लागेर नबस्ने उल्लेख गर्दै पोलिटब्युरो सदस्य एवं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले शान्ति र संविधानलाई केन्द्रमा राखेर जनपरिचालन कार्यक्रम ल्याइने बताए ।
स्रोत :कान्तिपुर दैनिक