|

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने


काठमाडौ, चैत्र १५ - नेपाल आयल निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलिय पदार्थमा गरेको मूल्य वृद्धिविरुद्ध विद्यार्थीले आन्दोलन गर्ने भएका छन् । यसअघि १३ विद्यार्थी संगठनसँग भएका सम्झौता कार्यान्वयन नगरेको, राज्य व्यापारिक योजना अनुसारमात्रै चलेको र जनताप्रति उत्तरदायी नरहेको भन्दै उनीहरु आन्दोलनमा जाने भएका हुन् ।
नेपाल विद्यार्थी संघका नैनसिंह महरका अनुसार मूल्य वृद्धि फिर्ता लिन दबाब दिनका लागि पहिलो चरणका आन्दोलन अन्तर्गत मुलुक भरिका जिल्ला सदरमुकाम र क्याम्पसमा विरोध सभा र कालो झन्डा प्रदर्शन गरिने छ । साथै प्रमुख जिल्ला अधिकारी मार्फत मूल्यवृद्धि फिर्तालिन ज्ञापन पत्र बुझाइने पनि उनले बताए । उनले भने, '१३ विद्यार्थी संगठबीच वार्ता भइरहेको छ । आन्दोलनले अझै कडा रुप लिन पनि सक्छ तर सकेसम्म हामी संयमित भएर अगाडि बढ्ने प्रयत्नमा रहेका छौं ।'
स्रोत :कान्तिपुर दैनिकबाट 

Posted by Butwalonline on 4:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने"

Leave a reply